नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

काठमाडौं, १९ असोज । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएको विमानस्थल प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जहाज उड्नुअघि नै पाङ्ग्रा ट्याक्सी वे छोडेर घाँसतिर गएको बताए । यात्रुलाई अर्को जहाजमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

जहाज धावनमार्गमा नभएकाले उडान भने प्रभावित नभएको बुझिएको छ । जहाजमा कुनै क्षति नभएको र के कारणले घटना भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने श्री एयरलाइन्सले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।