हिमाको छोटा खर्कमा आ’गला’गी, २५ भेडाका पाठा ज’ले
जुम्ला, १९ असोज । हिमा गाउँपालिका–२ को लेकमा रहेको छोटा खर्कमा आ’गला’गी हुँदा भेडाका २५ वटा पाठा ज’लेर न’ष्ट भएका छन् । दिउँसो खर्कमा कोही नभएको बेला आ’गो लागेका कारण धेरै नै क्ष’ति भएको हो ।
खर्कमा रहेका भेडाका २५ पाठा ज’लेर न’ष्ट भएको किसान वीरबहादुर शाहीले बताए । उनले भने, ‘दिउँसो खर्कमा कोही नभएको बेला आ’गला’गी हुँदा खर्क पुरै ज’लेर न’ष्ट भयो । भेडाका पाठा, २० वटाभन्दा बढी राडी कम्बल अन्य लगाउने र बिछ्याउने लत्ताकपडालगायत सबै समान ज’लेर न’ष्ट भएका छन् ।
भेडापालक किसान दत्तबहादुर शाहीका तीन, धनबहादुर रोकायाका तीनसहित १२ किसानका २५ भेडाका पाठा ज’लेर म’रेको बतए । भेडा किसानले क्ष’ति भएको विवरण बड्की प्रहरी चौकीलाई दिएको शिक्षक खम्बा शाहीले बताए ।
करिब चार हजार मिटर उचाईमा रहेको खर्क नै ज’लेर न’ष्ट भएपछि ओत लाग्ने स्थान समेत छैन । खुला आकाशमा आ’गो बा’लेर राति कटाउने गरेको किसानहरूको दुखेसो छ ।


