भन्सार छलेर ल्याइएको साढे सात लाखको सामान बरामद

बुटवल, १९ असोज । भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको साढे सात लाख बराबरको अ’वैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइहरूले सात लाख ४६ हजार सात सय रुपैयाँबराबरको अ’वैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

भारतबाट अ’वैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले सम्मरीमाई-३, गुलरियाबाट युपी ५३०५५ युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा तथा मोटरसाइकल गरी दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यस्तै मर्चवारी-७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका गरी पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ केजी चिनी ५० केजी गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर-६ गल्लामण्डीबाट बा१४प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको टोलीले मायादेवी-६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी, एक बोरा सरफ गरी नाै हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।