आफू केन्द्रीय सभापतिमा उम्मेदवारी; कांग्रेस नेता सिंह

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।

कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।

विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भन्नुभयो, “अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?”

उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो।

नेता सिंहले पार्टीमा गुटउपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउँदै १४औँ महाधिवेशनपछि जनताले खोजेजस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गर्नुभयो ।

आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उहाँले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।