दसैंमा पानीपुरी र चटपटेको छैन व्यापार

भूमिका तिमल्सिना/काठमाडौं, २२ असोज । दसैं नजिँकिँदै गर्दा बजारमा भिडभाड बढेको छ । तर, पानीपुरी र चटपटेको व्यापार भने घटेकाे छ । उपत्यकामा पछिल्लो समय चटपटे र पानीपुरीको व्यापार महिलाको राम्रो आम्दानीको श्रोत बनेको छ । केही समय पहिले पुरुषले मात्रै गर्दै आएको यो व्यापार पछिल्लो समय महिलाले पनि अंगाल्न थालेका छन् । थोरै लगानीमा धेरै फाइदा हुने हुँदा पानीपुरी र चटपटेको व्यापार गर्नेमा महिलाको संख्या बढेको हो ।

तर, गतवर्ष र यसवर्ष भने कोरोना महामारीले पानीपुरी र चटपटेको व्यायारमा खासै सफल्ता हात पार्न नसकेको गुनासो चटपटे तथा पानीपुरी व्यापारीको छ । हालै धेरेजसोले यो व्यवसाय अंगालेका छन् । विद्यालय आसपास, घर–घरमा ठेला गुडाउँदै महिला चटपटे र पानीपुरी बेच्न व्यस्त हुन्छन् ।

काभ्रेपलाञ्चोक स्थायी घर भई हाल काठमाडौंको बिजुलीबजार चोकमा चटपटे र पानीपुरी बेच्दै आएकी शुभद्रा तिवारीले आफ्नो घर खर्च यही व्यवसायबाट चलाउँदै आएकी छन् । उनले काम सुरु गरेको एक महिना मात्र भयो । पहिला उनको बुहारीले सोही व्यापार चलाउँदै आएकी थिइन् । उनी भन्छिन, ‘बुहारीले कोरोना महामारीअघि एकदिनमै चार हजार रुपैयाँसम्मको व्यापार गरेकी थिइन् । तर, अहिले भने एकदिनमा बल्ल सात सय रुपैयाँ कमाइन्छ ।’ उनले आफ्नो एकजना छोराको पढाइ खर्चदेखि सम्पूर्ण घर खर्च चटपटे पानीपुरीबाट निकाल्छुभन्दा दसैंमा झनै व्यापार नै नभएको गुनासो गरिन् ।

‘गाउँ छोडेर काठमाडौं आइयो तर, रोजगार भने जस्तो पाइँदैन । ठूलो व्यवसाय गर्न धेरै लगानी चाहिन्छ । त्यसैले, पानीपुरी र चटपटे व्यापारमा लागेकी हुँ । यसमा कम लगानीबाट धेरै फाइदा हुन्छ’, तिवारीले भनिन् ।

आम्दानीको श्रोत नभएरभन्दा उनी घरमा दिनभर त्यतिकै बस्नुभन्दा समय बिताउनका लागि पनि यो व्यापार आवश्यक रहेको उनी बताउँछिन् । उनले व्यापार कम नै भए पनि महिनामा १५/२० हजार रुपैयाँ भने कमाइ हुने बताइन् । उनले आफू यस कामबाट सन्तुष्ट भएको पनि बताइन् ।

उनले गाडा किन्न पनि छ हजार रुपैयाँ खर्च भएको बताउँदै खासै घाटा भने नलागेको उल्लेख गरिन् । उनले आफूले एकदिनमा तीन सय रुपैयाँ बराबरको खर्च गरेर दिनमा सात सय रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । उनले फेरी भनिन्, ‘काेरोनाले गर्दा र अहिले दसैं लागेकाले ग्राहकहरु गाउँ जान थालेका छन् । अब जाडोको समयमा राम्रो व्यापार हुने आशा छ ।’ गाउँ गएका सबै फर्किएपछि आफ्नो व्यापार वृद्धि हुने उनले आशा व्यक्त गरिन् ।

उनले बजारमा व्यापार गर्नभने सहज नभएको बताइन् । गाडा वरिपरि भएका सामानहरू चोरिदिने गर्दा असुरक्षित भएको सुनाउँछिन उनी । बिजुलीबजारको पुलको छेउमा फोहोर थुपार्ने ठाउँ भएकाले गन्ध धेरै आउने गरेको दुःखेसो पोखिन् । झनै सुक्खायाममा हावा चलेर धुलो उड्दा स्वास्थ्यमा समेत असर पर्ने उनी बताउँछिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।