बजारमा चरम बेतिथी : बोतलमा पे’ट्रोल बिक्री, किराना पसलमा म’दिरा

अर्घाखाँची,२३ असोज । सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ । नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपिरत संचालित धेरै पसलहरू भेटिएका छन् ।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नै नभएको पाइएको सन्धिखर्क नगरपालिकाका अनुगमन अधिकृत जीवनारायण आचार्यले जानकारी दिए । खुद्रा पसलहरूमा पे’ट्रोल मात्रै हैन बिनाइजाजत म’दिरा पनि राखेको पाइयो’, आचार्यले भने, ‘दर्ता बिना सु’र्तिजन्य पदार्थको बिक्री पनि व्यापक भेटियो ।

सम्झाइबुझाई गरी प्रकृयामा जान निर्देशन दिइएको छ ।’ अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु धेरै भेटिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कृष्णप्रसाद आचार्यले बताए । म्याद नाघेका र सडेगलेका सामग्रीहरू जफत गरिएको उनले जानकारी दिए । नगरपालिकामा करिब २०० पसलमा नगरपालिकाले अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थानीय बिनाइजाजतको घरेलु म’दिरा पनि फेला परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।