नाकमा मकैको दाना अड्केकी बालिकाको उपचारको क्रममा मृ त्यु : डाक्टरलाई कारवाहीको माग, अस्पतालमा आन्दोलन

दैलेख, २३ असोज । जिल्लाकोे नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृ त्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन् ।

चार दिनअघि नाकमा मकैको दाना अड्केकी नारायण नगरपालिका–४ सोतकी साढे दुई वर्षीय बालिका कुसुम कटुवाललाई दैलेख अस्पताल हुँदै सुर्खेत पुर्‍याइएको थियो । बालिकाको उपचारकै क्रममा आज विहान मृ त्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीले घटना भएको भन्दै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

‘दैलेखका डाक्टरले दैलेखमै अप्रेशन गर्नुभन्दा सुर्खेत लैजान सुझाएपछि सुर्खेत ल्याएका हौं,’ बालिकाकी आमा पूजा कटुवालले भनिन्, ‘स्वास्थ्यमा अन्य कुनै समस्या नभएकी छोरीको डाक्टरकै लापरवाहीले मृ त्यु भएको हो ।’ लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै अस्पतालमा आन्दोलन गरिरहेको आफन्तले बताएका छन् ।

यता, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले डाक्टरको लापरवाहीले बालिकाको मृ त्यु नभएको बताए । ‘हामी कुनै पनि विरामीलाई बचाउने हरसम्भव प्रयासरत हुन्छौं, बालिकाको हकमा पनि बेहोस बनाएर मकैको दाना निकाल्ने अप्रेशन गरिरहेका थियौं,’ खड्काले भने, ‘अप्रेशनका क्रममा एक्कासी बालिकाको अक्सिजन लेभल घट्दै गएपछि उनलाई बचाउन सकिएन ।’

अस्पताल परिवार घटनाप्रति दुखी भएको बताउँदै खड्काले अस्पतालको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउनु राम्रो पक्ष नभएको बताए । ‘घटना नहुनु थियो, भइसक्यो, अब सम्वादबाट अघि बढ्ने प्रयास गरिरहेका छौं,’ खड्काले भने, ‘आफन्तहरुबाट कुनै व्यक्ति संवाद गर्न नचाहेकाले समस्या सिर्जना भएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।