दशैँमा भात खान चामलकाे जोहो गर्दै ओलानी गाउँका विपन्न परिवार

मोहन जोशी/धनगढी, २५ असोज । छिमेकी धान भित्र्याउन व्यस्त हुँदा कैलालीको गोदावरी नगरपालिका–१२ की लक्ष्मी विक चामलको जोहो गर्न व्यस्त छिन् । जमिनका नाममा घडेरीबाहेक केही नभएकी लक्ष्मीलाई दशैँमा मिठो मसिनो खाने आश नै छैन । दशैँभर पेटभरी भात खान पाउने गरी चामलको व्यवस्था भए उनकाे दशैँ सप्रिने छ । त्यसैका लागि उनी चामलको जोहो गरिरहेकि छन् ।

‘मलाई त दशैँ आएपनि नआएपनि केही फरक पर्दैन’ उनी भन्छिन्, ‘तर गाउँको चहलपहल देख्दा छोरी निराश हुन्छिन्, उनलाई भात खुवाउन चामलको जोहो गर्दैछु ।’ गाउँमा कसैको सानो तिनो काम गरेर उनीहरूले जे दियो त्यही खाएर दैनिकी गुजार्दै आएकी लक्ष्मीकी ९ वर्षकी छोरी छन् । ६ वर्षअघि श्रीमानको मृत्यु भएपछि उनलाई आफू र छोरीकाे भाेकाे पेट भर्न धौ-धौउ छ ।

‘गाउँमा रोजगारी पनि पाइदैन,’ लक्ष्मी भन्छिन्, ‘कसैको काम गरेपनि ज्याला पाइदैन, त्यही विहान वेलुकीको छाक टार्ने गरी खाना दिन्छन्, तर दशैँमा कस्को काम गर्न जानु ? दशैँमा छिमेकी रमाइरहेका छन्,’ उनले भनिन्, ‘मलाई रमाउँला भन्ने छैन चामलको चिन्ता छ । छोरीले कपडा किन्ने भन्दा मन भारी भएर आउँछ ।’

गोदावरी नगरपालिका–११ की दुर्गा लुहारले दशैँका लागि चामलको जोहो गरेकि छन् । ‘वर्ष भरी जे जसरी जीवन निर्वाह गरेपनि दशैँमा त भात खानु पर्‍याे,’ उनी भन्छिन्, ‘घरमा बुढाबुढीमात्रै छौँ, दुः ख गरेर दशैँका लागि केही पैसा जोहो गरेका छौँ, सवै रमाउँदा हामी बुढाबुडी किन दु;खी हुने ?’

कारोनाका कारण अलिअली भएको रोजगारी पनि गुमेको बताउँदै उनले समान्य अवस्थामा भात खानसमेत मुस्किल हुने गरेको सुनाइन् । ‘कोरोनाले बुढाको भएको रोजगारी पनि खाेसेर लग्यो, उनले दुखेसाे पाेखिन्, ‘बुढा कम्जोर भएर काम गर्न पनि सक्दैनन्, साहारा दिने कोही छैन ।’

गोदावरी नगरपालिका–१० की तारू विकले दशैँको मुखमा खाद्यान्न अभाव भएको बताइन् । ‘खेतवारी नहुँदा खाद्यान्न किनेर खानु पर्ने आवस्था छ,’ उनले भनिन्, ‘दशैँमा मिठो मसिनो खाने सपना अधुरै रहने जस्तोछ ।’ घरमा बुढा दम्पतीमात्रै हुँदा सहारा दिने कोही नभएको उनले गुनासो गरिन् । ‘दशैँका लागि केही पाइन्छकी भनेर वडा कार्यालय सम्म धाउँदै छौं,’ उनले भनिन्, ‘कसैले दिए दशैँमा खाने हो, नदिए सवैको दशैँ हाम्रा लागि के काे दशैँ भयाे ?’

तारूले दशैँमा मागेर खान पनि लाज लाग्ने गरेको बताइन् । ‘अरु वेला कसैको सकेको काम गरेर कसैलाई मागेर भएपनि गुजारा चलाउँदै आएका थियौँ,’ उनले भनिन्, ‘तर दशैँको वेला कसैको दैलोमा जान पनि सकिँदैन, दुनिँया रमाउँदा हामी दुःखी हुनुपरेको छ ।’

गोदावरी नगरपालिका–११ का वडा अध्यक्ष शिव विकका अनुसार वडा नम्बर १०, ११ र १२ मा पर्ने ओलानी क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास छ । आधा भन्दाबढी परिवार गरिबीको रेखामुनी छन् । उनीहरूले हरेक दशैँमा चामलको खोजी गर्नुपर्दछ ।

‘केही परिवारबाहेक अधिकांशसँग आफ्नो खेतीयोग्य जमिन छैन,’ अध्यक्ष विकले भने, ‘जमिन नभएकाहररू मज्दुरी गरेर जीविको पार्जन गर्दै आएका छन्, तर यस वर्ष कोरोनाका कारण धेरैले मज्दुरीसमेत गर्न पाएका छैनन्, जसका कारण दलित परिवारलाई दशैँमा पेटभरी भात खान समस्या भएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।