सीमा क्षेत्रमा बढ्यो चहलपहल : दशैँ मनाउन स्वदेश फर्कदै नेपाली

बुटवल, २५ असोज । दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेकाे छ ।

रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश फर्कने गरेका छन् ।

गत वर्ष कोभिड-१९ को जोखिमका कारण स्वदेश फर्कने नेपालीको संख्यामा भने कमी आएको थियो । बडादशैँ सुरु भएसँगै दैनिक सात सय बढी नेपाली चाडपर्व मनाउन नेपाल प्रवेश गरिरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

चाडपर्व सुरु भएसँगै नेपाल प्रवेश गर्ने नेपालीको संख्यामा वृद्धि भएको छ । स्वदेश फर्केका नेपालीलाई सहजता प्रदान गर्नका लागि बेलहियास्थित भैरहवा भन्सार कार्यालय नजिकै यात्रु नागरिक सहायता कक्ष राखिएको छ । त्यस्तै चाडपर्व सुरु भएपछि अहिले किनमेलका लागि भारतीय बजार सुनौली र नौतनवा पुग्ने नेपालीका कारण त्यहाँको बजार क्षेत्रमा समेत चहलपहल बढेको छ ।

त्यस्तै वडादशैँ, दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । जिल्लाको शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनको लागि कार्यालयले योजना कार्यान्यवनमा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

योजनाअन्तर्गत कोरोना भाइरस, चाडपर्वमा हुन सक्ने विसंगती, विकृतीविरुद्ध प्रहरी परिचालन, सीमा क्षेत्रमा कडा चेकजाँचको व्यवस्था गरी तस्करीलाई कारवाही, प्रत्येक प्रहरी इकाइमा प्रहरी टोली (क्यूआरटी) को रुपमा राखी परिचालन गर्ने व्यवस्था मिलाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

त्यस्तै चाडपर्वको समयमा पटका, आतसबाजीको प्रयोग गर्न नदिन र गर्नेलाई पक्राउ गरी कारवाही गर्ने, सबैखाले जुवाजन्य खेलहरू, चन्दा लगायतका गतिविधिहरूको सूचना संकलन गरी प्रहरी परिचालन, राजमार्गहरूमा रात्रीको समयमा सुरक्षाकाे व्यवस्था, बन्द रहने सरकारी कार्यालय, तथा संघ-संस्थाका सुरक्षा गार्ड-कार्यालय सहयोगीहरूसँग समन्वयसहितको सुरक्षा व्यवस्था मिलाउने थापाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।