बालुवामा दसैँको खुसी खोज्दै प्रेमबहादुर भाम

खड्क सुनार/मुगु, २५ असोज । नेपालीहरूको महान पर्व बडादसैँ सुरु भएको सोमबार पाँचौँ दिन हो । तर, दसैँले भए खाने वर्गलाई छुन सकेको छैन । यस्तै मध्येका एक हुन्, मुगु छायाँनाथ रारा नगरपालिका–६ बालैका ३० वर्षीय युवा प्रेमबहादुर भाम ।

दसैँ आइसक्यो, तर पैसा छैन । परिवारका सदस्य थुप्रै छन् । छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ । यसैका लागि आर्थिक जोहो गर्न उनी बालै बगरमा जान्छन् ।

विगतदेखि नै स्थानीय परम्परागतको कोदो, धान, फापर, कागुनो, चिनोखेती गर्दै आएका बालैवासीहरू सडक सञ्जाल जोडिएपछि गमगढी बजार लगायत आसपासका बस्तीहरूले पक्की ढलान घर निर्माण गर्न थालेपछि बालैको बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न प्रेमबहादुरसहित गाउँका बालुवा संकलनमा होमिएका छन् ।

उनीहरू बालुवा बेचेर दसैँका लागि आर्थिक जोहोमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ५५ घरधुरीले नदीको किनारमा आआफ्नो बालुवा निकाल्ने स्थानको भागबन्डा गरेर बालुवा निकाल्ने स्थान निर्माण गरेका छन् । असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामको भनाइ छ ।

प्रतिघर ५० हजारदेखि दुई लाखसम्म बालुवा बिक्रीबाट आम्दानी हुने गरेको स्थानीय प्रेमबहादुरले सुनाए । बालुवा नदीबाट निकालेर बिक्री गर्दा स्थानीय सरकार नगरपालिकालाई प्रति ट्याक्टर एक सय र यो बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रभित्र पर्ने भएको हँुदा रारा मध्यवर्ती क्षेत्रले प्रतिट्याक्टर तीन सय रुपैयाँ राजस्व उठाउने गरेको भामले बताए ।

गर्त वर्षभन्दा यो वर्ष बालुवा धेरै संकलन गरेका छन् । गमगढी बालै सडकको विभिन्न स्थानमा सडक वर्षातको पानीले भत्केको हुँदा बालुवा बिक्री भएको छैन । प्रत्येक घरले बालुवा बिक्री गरेर जीवन निर्वाह गर्दै आएका थिए, एक घरले एक लाखभन्दा बढी कमाउने गर्छन् ।

सडक सञ्चालनमा आएको भए नजिकै आउने दसैंतिहारमा घर खर्च चलाउन सजिलो हुने स्थानीय शर्मिला भामले बताइन् । मध्यवर्ती क्षेत्रबाट १५ जेठदेखि १५ कात्तिकसम्म बालुवा निकाल्न प्रतिबन्ध लगाएको छ । प्रतिट्याक्टर बालुवाको तीन सयका दरले रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिले राजस्व लिने गरेको छ ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व शुल्क लिर्ने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम शाहनीले बताए ।

स्थानीय सरकार गठन नहुँदा खुला थियो । स्थानीय तह निर्माण भइसकेपछि एक वर्षसम्म नगरपालिकाले राजस्व उठाउने गरेको थियो, पछि खुला भयो । बालुवा बिक्रीबाटै यो बस्तीका मानिसको जीवन गुजार्ने हुँदा स्थानीयवासीहरूले मनपरि हिसाबले बालुवा निकाल्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।