दुनैवासीको दुःख : दसैँमा पनि पाएनन् चामल

हेमन्त केसी/जाजरकोट, २५ असोज । दसैँ मनाउनका लागि २१० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ ।
चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिए । सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच महिनादेखि बन्द रहँदै आएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगन्जबाट आइतबार ३८० क्वीन्टल चामल ढुवानी कार्य सुरु भएको उनले बताए । सो चामल दुनै पुग्न कम्तिमा तीन दिन लाग्ने उनले बताए । सो चामल दुनै पुगेलगत्तै वितरण गर्नका लागि आफूलगाएत मत्ताहातका कर्मचारीहरू दसैंमा घर नगएर कार्यालयमै बसेको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको चामल समयमा नआउँदा अघिल्लो वर्षको मौज्दात एक हजार नौ सय क्विन्टल चामल प्रतिव्यक्ति १० केजी दिएर सकिएको छ । अहिलेसम्म एक हजार मानिसले सो १० केजीको दरले चामल लिएको पाण्डेले बताए । नमुना ढुवानी सेवा र एन्जीला ढुवानी सेवाले ३८० क्वीन्टल चामल आइतबार ढुवानी गरेको उनले बताए ।

सयौँ व्यक्ति चामल लिन आए पनि चामल नहुँदा रित्तो हाल फर्किन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले बताए । आइतबार जुफाल डिपो अघिल्लो वर्ष मौजदात रहेको १५० क्वीन्टल चामल प्रतिव्यक्ति २५ केजीका दरले बाँडिएको छ । अन्य जिल्लाका ६ डिपोमध्ये पाँच डिपोमा चामल छैन ।

दैनिक चामलको लागि डिपोमा गए पनि कर्मचारीको अनुहार हेरेर फर्कनु परेको ठुलिभेरी नगरपालिका रुपगाडकी सुनिता शाहीले बताइन् । ‘बजारमा चामल छोइसक्नु छैन, पैसा तिरेर पनि चमल नपाउनु कस्तो देशका नागरिक भएर बस्नु परेको छ’, उनले भनिन् ।

काइगाउँमा ५० क्वीन्टल चामल आएको र त्यहाँ २५ केजी प्रतिव्यक्तिका दरले अघिल्लो वर्ष जगदुल्ला गाउँपालिकामा काम गरेबापत सो चामल वितरण गर्न लागिएको छ । त्यहाँ ५५० क्वीन्टल काम गरेबापत दिने भनि प्रदेश सरकारले अघिल्लो वर्ष नै रकम भुक्तानी गरेको थियो । सोबापतको अहिले ५० क्वीन्टल मात्र पुगेको छ । गरिब तथा दलित समुदायका लागि मात्र सो चामल उपलब्ध गराउने नीति रहेको थियो । विकास निर्माणको काम गरेबापत चामल उपलब्ध गराउने नीति लिइएको थियो । जुफाल डिपोमा अघिल्लो वर्षको मौजदात २०० क्वीन्टल चामल प्रतिपरिवार २५ केजीका दरले बाँडन लागिएको छ ।

अन्य डिपोमा दसैँको मुख आइपुग्दासम्म जुफाल, सहरतारा, लिकुलगायत पाँचवटै डिपोमा खाद्यान्न अभाव छ । डोल्पालीले पैसा तिरेर पनि चामल पाएका छैनन् । अघिल्लो वर्षको कैदी बन्दीलाई दिने चामल मात्र मौज्दात भएकाले वितरण गर्न नसकिएको व्यापार कम्पनीले जनाएको छ । यो वर्ष डोल्पाका लागि चालु आथिएक वर्षमा २० हजार क्वीन्टल खाद्यान्न स्वीकृत भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।