कैदीबन्दीलाई दसैँ मनाउन खसी उपहार

लमजुङ, २७ असोज । लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षाेल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो ।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तण गरेका हुन् ।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।

कैदीबन्दीले दसैँ पर्व हर्षाेल्लासका साथ मनाउन भन्ने मानवीय सोचका साथ बारले १८ हजारको खसी कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर जगदिश मिश्रले जानकारी दिए । हाल कारागारमा २ जना नाबालक बाहेक १ सय ४ जना कैदीबन्दी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।