चाडबाड आयो, आउजाउ बढ्यो, गाउँघर समङ्क्रणको जोखिममा

सर्लाही, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ ।

चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।

कोरोना महामारीको जोखिम कायमै रहेको समयमा पनि मानिसहरु दसैँ पर्व मनाउनका लागि आवश्यक सामग्रीहरु किनमेल गर्न तथा आफ्ना आफन्तकामा आउने जाने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढ्ने चिन्ता बढ्न थालेको छ । माानिसहरुले सामान्य स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमण भयावह हुनेमा जानकारहरु चिन्तित देखिएका छन् ।

सार्वजनिक स्थल, हाटबजार र यातायाताका साधनमा यात्रा गर्दासमेत सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूरा नगर्दा चाडपर्वको समयमा कोरोना सङ्क्रमणको जोखिम थप बढ्न सक्ने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । कोरोना महामारी पूर्णरुपमा नियन्त्रणमा नभएको भए पनि अधिकांश सर्वसाधारणले खोप लगाइसकेका र चाडपर्वको समयमा बजार क्षेत्र भीडभाड हुनु स्वाभाविकै रहेको भन्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई सतर्क भई चाडपर्व मनाउन उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनुभयो ।

बजारमा मानिसहरुको भीडभाड रहे पनि कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै निषेधाज्ञा जारी भएपछि मानिसहरु बेरोजगार भएका र उनीहरुको आम्दानी नभएका कारण किनमेलको काम भने कम भएको स्थानीय व्यापारी श्रीनारायण साहको भनाइ छ ।

जिल्लामा हालसम्म ६८ हजार नौ सय ७८ जनाले कोरोना सङ्क्रमणविरुद्धको पहिलो डोज खोप र एक लाख ७२ हजार दुई सय ६४ जनाले दोस्रो खोपको मात्रा पनि लगाइसकेभने जम्मा जिल्लाभरमा कोरोना खोप लगाउने दुई लाख ४१ हजार दुई सय ४२ जनाले खोप लगाइसकेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । भारतसँग खुल्ला सिमाना भएको सर्लाहीमा भारतबाट आफ्नो घर आउने तथा आफ्ना आफन्तलाई भेट्न जाने आउनेहरुको सङ्ख्यामा वृद्धि भएपछि कोरोना सङ्क्रमण दर बढ्ने चिन्ता त्यतिकै बढेको छ ।

जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास तथा मलङ्गवा लगायतका बजारहरुका साथै वित्तीय संस्थाहरुमा मानिसहरुको भीडभाड त्यतिकै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरिसकेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।