साहित्‍यकार झमक घिमिरे निवासमा चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित साहित्यकार झमक घिमिरेको निवासमा चोरी भएको छ ।

बुधबार बिहान अन्दाजी २ बजेपछि साहित्यकार घिमिरे निवासमा घरको सबै ताला फोडी चोरी भएको झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी उपाध्यक्ष अनिता लामाले जानकारी दिइन्।

उपाध्यक्ष लामाका अनुसार यसअघि पनि घिमिरे निवासमा चोरी, डकैतीको प्रयास भएको र प्रहरी प्रशासनको सहयोगबाट मात्रै झमक सपरिवारलाई सुरक्षित गर्न सकिएको थियो । सुरक्षाको कारण अत्यन्तै चिन्तित भएपछि झमक परिवार गत १८ गते धनकुटास्थित घर गएका छन् ।

चोरले झमकको कपडा, चाँदीका गरगहना र केही भाँडाकुँडा चोरेको लामाले बताइन् । घट्नबारे प्रहरीले मुचुल्का उठाएर अनुसन्धान गरिरहेको उनले बताइन् । यो स्थानमा यो हप्ता मात्रै छिमेकीका घरहरूमा धेरै पटक हतियार देखाई लुटपाट र डकैत भएको थियो ।

लुटपाट र डकैत हुने गरेकाले यहाँका स्थानियले रातको समयमा गस्ती समेत गर्ने गरेका छन् । धेरैपटक उपभोक्ताहरूले प्रहरी प्रशासन समक्ष शान्तिसुरक्षाको लागि प्रहरी बिट, सामुदायिक प्रहरी बिट राख्न अनुरोध गरेपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।