दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग

लमजुङ २७ असोज ।विजयादशमीको अवरसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ । लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो ।

क्लबका अध्यक्ष जुन तामाङकाअनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५ लिटर तेल, १ बोरा भूजासँगै मसला, कोकलगायत २० हजार बराबरको सामान कैदीबन्दीलाई उपहार स्वरुप प्रदान गरेको हो ।

क्लबले विगतका वर्षदेखि नै दसैंको अवसरमा कैदीबन्दीलाई खाद्यान्न समाग्री सहयोग गर्दै आइरहेकाले यसवर्ष पनि यसलाई निरन्तरता दिइएको अध्यक्ष तामाङको भनाइ छ । क्लबले खाद्यान्न प्रदान गरेसँगै कैदीबन्दीहरुले खुसी व्यक्त गरेका छन् । हाल कारागारमा १०४ जना कैदीबन्दी रहेका छन् । जसमा १० जना महिला र ९४ जना पुरुष छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।