डोल्पामा त्रिपुरकोट गाउँमा छुट्टै दसैँ : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

सुर्खेत, २८ असोज । देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ ।

त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दसैँको टीका-जमरा लगाउँदै आएका छन् ।

घटस्थापनाको दिन सुरु भएको पूजा प्रायः दसैंको दिन दिउँसो ३ बजेतिर मात्रै सकिने भएकोले त्यसअघि दसैँको टीका लगाए गाउँमा अनिष्ट हुने विश्वास रहेको पुजारी लक्ष्मीरुद्र उपाध्याय बताउँछन् । ‘पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीका जमरा लगाउनु पर्छ,’ उनले भने, ‘अरु अर्धपीठ हुन् । त्रिपुरासुन्दरी पूर्णपीठ हो । त्यसैले त्रिपुरासुन्दरीको नियमअनुसार काम गर्नुपर्छ ।’

दसैँ टीकाको साइत बिहान हुने भए पनि त्रिपुराकोट गाउँमा भने बेलुकादेखि टीका ग्रहण र जमरा लगाउने चलन रहेको पुजारी उपाध्यायले बताए । ‘हाम्रो पूजाआजा बेलुकामात्र सकिन्छ,’ उनले भने, ‘टीका जमरा बेलुकाबाट सुरु भएर मध्यरातसम्म लगाउने चलन छ ।’

घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने गर्छन् ।

दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पा जिल्लाका अरु गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दसैँको टीकाजमरा लगाउने चलन रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।