मार्सी धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो

जुम्ला, २ कात्तिक /केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन् । भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन् ।

तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने, ‘बाढीले ग्रिरीखोला जालपदेवी जलविद्युत आयोजनाको बाँध पनि भत्काएको छ । दुई दिनदेखि बत्ती अवरुद्ध छ ।’ वर्षा र बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल बगाउँदा अवतजावतमा समेत कठिनाइ भएको छ । उनका अनुसार स्थानीय भान्या सार्कीको घरमा बाढी पसेर क्षति पुगेको छ । उनको खेतबारी पनि बगाएको छ ।

यस्तै, नाग्म–गमगडी राजमार्ग पनि बन्द भएको छ । रारालिही क्षेत्रका नदी छेउछाउका बासिन्दालाई सर्तकता अपनाउन प्रहरी प्रशासनले माइकिङ गरिरहेको छ । बाढीले तिला गाउँपालिकाको सापुल्ली, नुवाकोट र कुडारी बजारको तिखुनी ज्युलाका खेत बगाएको तिला गाउँपालिका–३ का परिलाल कठायतले बताए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षेति भएको क्षेत्र तातोपानी र तिलातर्फ गएको छ । प्रजिअ प्रसाईले बर्षा र बाढी बढेकाले जोखिम क्षेत्रको अवस्था बुझ्न तिला नदीको छेउछाउ र सापुल्ली गएको बताइन । उनका अनुसार जोखिमपूर्ण अवस्थामा रहेका बस्तीमा क्षेतिबाट जोगिन सतर्कता अपनाउन अग्रह गरिएको छ । नदी र खोलाको छेउछाउका र पुराना घरमा नबस्न अनुरोध गरेको उनले बताइन ।

प्रहरीले तिलाको सेरी बजार क्षेत्रको नदी क्षेत्रका घरमा नबस्न माइकिङ गरिएको छ । यस्तै, नदी छेउछाउ र खोला किनार, सडकमा समेत हिँड्डुल गर्न र जोखिमबाट बच्न आम नागरिकलाई प्रमुख जिल्ला अधिकारी प्रसाईले सुझाव दिइन ।

अहिले मार्सी धान फल्ने फाँट पानीले भरिएका छन् भने काटेका धान खेतमै कुहिन थालेका छन् । यसबेलाको वर्षाले सबैभन्दा बढी बालीनालीमा क्षेति पुगेको जुम्लाबासीले बताएका छन् । तर कतिपय ठाउँमा संचार पहँुच नभएकाले क्षेतिको विवरण एकिन हुन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।