बाढी नआए हल्कारापुरबासीको चुलो बल्दैन

रुद्र सुवेदी/ नेपालगञ्ज, ५ कात्तिक ।पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ । घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ । तर बाँके डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको सिमानामा रहेको राप्ती नदी किनारमा भने मेला जस्तै चहलपहल छ ।

नदीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्ने नौ वर्षका बालबालिकादेखि ६८ वर्षका वृद्धवृद्धासम्म जुटेका छन् । बाढीमा बग्दै आएको काठ दाउरा संकलन गर्न उनीहरूले ज्यान नै जोखिममा राख्ने गरेका छन् ।

हुलाकी सडकको पक्की पुल मुन्तिर दाउरा संकलन गरिरहेका डुडुवा गाउँपालिका–३ हल्कारापुरका ६८ वर्षीय चेतराम यादव यो बेला काठ दाउरा संकलन नगरे वर्षभरि घरको चुलो नबाल्ने बताउँछन् । उनले भने, ‘गाउँ नजिक वन जंगल छैन् । चुलो बाल्न गोबर गुईठाले मात्र सम्भव छैन । त्यसैले राप्तीमा बाढी आएको बेलामा जोखिम मोलेरै भए पनि दाउरा संकलन गर्न बाध्य छौं ।’

हल्कारापुर गाउँका बासिन्दा पनि नदीमा बाढी आएपछि काठ दाउरा संकलन गर्न पुग्छन् । नदी तटमा नौं वर्षीय मुकेश यादव पनि भेटिए । अंकुश बोकेका उनी पनि बाढीले बगाएको काठ तानिरहेका थिए । हल्कारापुर कै १४ वर्षीया संगीता यादवले पनि दाजु रामकिसन यादवसँग दाउरा संकलन गर्न नदी किनारा आएको बताइन । उनीहरू हरेक वर्ष बाढी आएको बेला यसरी नै आउने गरेको बताइन । उर्लदो नदीबाट दाउरा संकलन नगरे वर्षभरी चुलो नबाल्ने उनले बताइन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।