बो’क्सीकाे आ’रोपमा द’लित महिलालाई कु’टपि’ट गर्ने युवक पक्राउ

मुकेशकुमार यादव/सिरहा, ११ कात्तिक ।सिरहामा बो’क्सीकाे आ’रोपमा द’लित महिलालाई कु’टपि’ट गरेकाे ‘आराेपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाको कल्याणपुर नगरपालिका- १० पर्चिलवाका ५३ वर्षीया सेमादेवी चमारलाई बो’क्सीको आ’रोप लगाएर कु’टपि’ट गरेको आ’रोपमा प्रहरीले स्थानीय युवक रामविलाश यादवलाई पक्राउ गरेको हो ।

व्यक्तिगत रि’सिविका कारण यादवले महिलालाई बो’क्सिको आ’रोप लगाउँदै कु’टपि’ट गरेको जाहेरीको आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । बो’क्सीको आ’रोप लगाई आफूमाथि कु’टपि’ट गरी अ’मानवीय व्यवहार गरेको पी’डितकाे उजुरीका आधारमा प्रहरीले यादवलाई पक्राउ गरेको हाे । उनलाई आजै अदालतमा उपस्थित गराई म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले बताएकाे छ ।

यो पनि पढ्नुहोस्….

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर, ११ कात्तिक (रासस) : पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।

एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताउनुभयो । चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाउँदै सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने बताउनुभयो ।

एमाले चाँगुनारायण नगर कमिटीमा बन्द सत्र सुरु भएपछि नगर प्रमुख सोम मिश्रदेखि अधिकांश जनप्रतिनिधि, पार्टी अध्यक्ष देउजालगायत नेताले बुधबारसम्म पनि सहमतिको प्रयास गरेको तर सहमति हुन नसकेको प्रतिनिधिले जानकारी दिएका छन् । यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताएका छन् । सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकामा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको जनाइएको छ ।

चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपर्नुभएको छ । एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन् । सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।