सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

उदयपुर, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ-गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् । उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएको छ ।

सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरूमा सुन सफा गर्नेहरूसँग सचेत रहनसमेत आग्रह गरेको छ । उनीहरू गाउँ-गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको अनुसन्धानबाट खुल्न आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।