हवाई उडान कम हुँदा सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

सुरेश परियार/हुम्ला, १६ कात्तिक ।हुम्ला सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित रूपमा आकाशियको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो ।

दसैँयता निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार, मसला तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ । धारा तेल लिटरकाे दुई सय ४० र स्वस्तिक तेल लिटरकाे एक सय ९० रुपैयाँ पुगेको छ । यसअघि सिमकोटमा धारा तेलको एक सय ५० र स्वस्तिक तेलको मूल्य एक सय ४० रुपैयाँसम्म पर्ने गरेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

हवाई माध्यामको भरमा सिमकोटमा ढुवानी हुँदै आएको दैनिक उपभोग्य वस्तु आयात नहुँदा यहाँका व्यापारीहरूले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । जसकारण उपभोक्ताले चर्को मूल्य तिरेर भान्सामा प्रयोग हुने वस्तु खरिद गर्नुपरेको छ । लामो समयसम्म जिल्ला बाहिरबाट सामग्री आयात नहुँदा मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । राज्यको अनुगमन निकाय फितलो भएकाले बजारमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।

राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, पाँच सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

विराटनगर, १६ कात्तिक । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको सपथलगतै मन्त्रीहरूलाई पनि सपथ गराउने तयारीमा गठबन्धदन दलहरू जुटेका छन् । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एकएक जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।

मन्त्रीहरूमा कांग्रेसबाट उपनेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर आङ्बो र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चार्चामा छ ।

एकीकृत समाजवादीले भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकाले समावेशिता देखाउनुपर्ने बाध्यताका कारण खिना लङवा लिम्बूको सम्भवाना बलियो देखिएको छ । मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोशीबाट बनेका कारण मेचिबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लाने सम्भावना छ ।

मंगलबार अपरान्ह ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । गठबन्धन दलहरू भने बिहानैदेखि मन्त्री छान्नका लागि व्यस्त देखिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।