भत्ता बुझ्न जेष्ठ नागरिकलाई सधैं समस्या

हेमन्त केसी/जाजरकोट, १६ कात्तिक ।७१ वर्षीया धनसरी थापा हरेक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न नातिको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित बैंकमा पुग्छिन् । उनलाई घरबाट दल्ली पुग्न दुई दिन लाग्छ । टाढाको वस्तु राम्रोसँग देख्न नसक्ने धनसरी सुरक्षा भत्ता लिन जाँदा आउँदा नै असुरक्षा हुने बताउँछिन् ।

आउदा, जाँदा उनको बाटो खर्चमै करिब चार हजार जति सकिन्छ । यस पटक पनि आधाबाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको उनले बताइन । उनले भने, ‘घरघरमै भत्ता दिने व्यवस्था गरेको भए हुन्थ्यो । दुःख ज्यादै दिन्छन् । पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधा रकम आफूले खाएर हामीलाइ दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।’

आइतबार विहान भत्ता लिन आएका जेष्ठ नागरिक, एकल महिलाहरूको काम सोमबार पनि पुरा भएन । मंगलबार पनि दिनभर लाग्ने बताएको वृद्धा कुमारी विकले बताइन । उनले भनिन्, ‘छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता दिएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो । आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ । ’

नलगाडको वडा ११, १२ र १३ केन्द्रबाट सबैभन्दा टाढा छन् । डोल्पाको सीमानासँग जोडिएका यि वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिका मुकामसम्म आउन र जान दुई दिनभन्दा बढी लाग्छ । सम्बन्धित व्यक्तिबाहेक अरु आए बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफै रकम लिन आउनु पर्ने हस्त कामीले बताए । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने यि ठाउँहरू दुर्गम मध्यमा पर्छन् । हरेक चार चार महिनामा सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ ।

नगरपालिकाबाट बितरण हुँदै आएको पोषण भत्ता समेत पुरा नपाएको उनीहरूले बताएका छन् । सधैं पाउनु पर्ने रकमभन्दा एक सय, दुई सय रुपैयाँ कम दिने गरेको उनीहरूको भनाइ छ । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारण समेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖