तीन वर्षीया छोरी बोकेर टीका लगाउन माइती हिँडेकी ईश्वरी खोलामा खसेर बे’पत्ता

जाजरकोट, बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा ख’सेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसकी हुन् । खसेको केही समयभित्रै खोलाले बगाएर आमा बे’पत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मु’ख, टाउको र शरीरमा ग’हिरो चो’ट लागेकाले छोरीको अवस्था ग’म्भीर रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी
– खेमराज गौतम/गलकोट, १९ कात्तिक (रासस) : हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको छ ।

तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि मीरासहित अन्य बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ तर, बागलुङ बजारमा सर्वाधिक झिनियाँ मीराले उत्पादन गर्दै आउनुभएको छ । उहाँले दसैँ अघिदेखिबाट रु चार लाखको झिनियाँ र तयारी अन्य रोटी बिक्री गरिसकेको बताउनुभयो । तीन घण्टामा १०० दर्जन झिनियाँ उत्पादन गर्दै आएको मीराको भनाइ छ ।

“पहिलेजस्तो नाफा त छैन तर सात÷आठ वर्षदेखि झिनियाँ बनाउँदै आएकी छु एकै सिजनमा रु आठ लाखसम्म कारोबार गरेको थिएँ, पछिल्ला वर्षमा झिनियाँको व्यापार केही घटेको छ, अहिले एकै सिजनमा रु छ लाखको कारोबार हुने अपेक्षा छ”, मीराले भन्नुभयो, “रु चार लाखको बिक्री भइसक्यो, दुई लाखका झिनियाँ र तयारी रोटी बिक्रीका लागि तयारी भइरहेको छ ।”

नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य चाडबाडमा पनि झिनियाँको माग बढ्न थालेपछि अन्य समयमा समेत झिनियाँ, चिनी, फिनीलगायत रोटी बनाउन भ्याइनभ्याइ हुने गरेको छ । बागलुङका उद्यमीले दसैँ तिहारलाई लक्षित गरी दुई महिना अगाडिदेखि नै झिनियाँ रोटी बनाउन थालेका छन् । विशेषगरी तिहारको बेलामा झिनियाँको माग अत्यधिक हुने भएकाले आफूले दुई महिनादेखि झिनियाँ रोटी बनाइराखेको मीराले बताउनुभयो । बागलुङ बजारको मरेपिपलमा वर्षौंदेखि परम्परागतरूपमा झिनियाँ बनाउँदै आउनुभएकी मीराले बागलुङ बजारमा मात्रै आफूजस्ता दर्जनौँ महिला झिनियाँ रोटी बनाएर आयआर्जन गर्दै आइरहेको बताउनुहुन्छ ।

अहिले आधुनिक उपकरणको सहायताले ठूलो मात्रामा झिनियाँ उत्पादन गर्न सकिन्छ । मीराले तीन वर्षदेखि रु एक लाखको लागतमा झिनियाँ निर्माण गर्ने आधुनिक विद्युतीय उपकरणसमेत खरिद गर्नुभएको छ । तिहारमा दाजुभाइलाई सप्तरङ्गी टीकासँगै सप्तरङ्गी झिनियाँसमेत खुवाउने परम्परा रहेकाले उद्यमी विभिन्न रङका झिनियाँ निर्माण गर्न व्यस्त छन् । उद्यमी मीराले मरेपिपलामा अन्य महिलाले झिनियाँ बनाउन विस्तारै छोड्दै गए पनि आफूले व्यवसायलाई विस्तार गर्दै लगेको बताउनुभयो ।

उहाँका अनुसार थोकमा मूल्यमा सोना चामललाई रु एक हजार ३७० खरिद गर्ने गरिएको छ । एक बोरा चामलबाट करिब दुई हजार ५०० देखि तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । थोक मूल्यमा झिनियाँको एक दर्जनको रु १०० र फुटकर रु १५० मा बिक्री गर्दै आइरहेका उद्यमी यतिबेला झिनियाँ तयार गरेर सुकाउनमा व्यस्त देखिन्छन् । दसैँपछि मौसम राम्रो भएका कारण झिनियाँको उत्पादन राम्रो भएको मीराको भनाइ छ ।

दसैँको अवधिमा सेतो रङको झिनियाँ बढी मात्रामा बिक्री हुने भए पनि तिहारको समयमा सात रङको झिनियाँको माग आउने गरेको छ । मीराले चिनी रोटी रु ६०, फिनी रोटी ६०, भेली रोटीलाई ५० र नमकिन रोटीलाई ५० मा बिक्री गर्दै आउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।