सोचमै खोट : साढे तीन करोडको पुस्तकालय भवन, तर सञ्चालन गर्न बजेट छैन

गुल्मी, १९ कात्तिक/गुल्मी जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण इतिहास बोकेको किरण पुस्तकालय बर्षौसम्म अप्ठयारो र साँघुरो घरमा बस्यो । ५० वर्षसम्म अप्ठयारो व्यहोरेको यो पुस्तकालयको अहिले आफ्नै अत्याधुनिक चार तले भवन छ । विगतका दुःख हेर्दा राम्रै जस्तो देखिन्छ, तर किरण पुस्तकालयको दुःख अझै सकिएको छैन । पुस्तकालयका करिब १० हजार पुस्तक छन् । यि सबै पुस्तक एउटा तलामा व्यावस्थापन गरिएको छ । बाँकी तीन तला भने प्रयोगविहीन छ । थप प्रविधि र पुस्तक खरिद गर्ने पुस्तकालयसँग आर्थिक अभाव भएकाले भवनको बाँकी स्थाना खाली रहेको हो । आर्थिक संकट यस्तोसम्म कि कार्यालय सञ्चालनमा समेत अप्ठयारो परिरहेको छ । सरकारले भवन संरचनासँगै व्यावस्थापनमा पनि ध्यान दिनु पर्ने बताउँछन् रेसुंगा बहुमुखी क्याम्पसका उपप्रध्यापक भुवन अर्याल । ‘अहिलेको समय र प्रविधि सुहाउँदो नभए पुस्तकालयको अर्थ छैन । भौतिक पुर्वाधारको हिसाबले राम्रो भवन बनेको छ,’ उनले भने, ‘व्यावस्थापनमा पनि राज्यको ध्यान पुग्नुपर्छ ।

किरण पुस्ताकालय २०२५ सालमा स्थानीय एक व्यक्तिको घरबाट सुरुवात गरिएको थियो । त्यसबेला श्रुर्ति, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरू संकलन गरी पुस्तकालय सञ्चालन गरिएको थियो । तत्कालिन अवस्थामा पाठकले चाहेअनुसारका पुस्तकहरू थिएनन् । पुस्तकालयका अभियन्ताहरूले नै केही पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरेका थिए । त्यो बेला बिद्यालय पनि कम थिए । अझ पुस्ताकालय त परको कुरा । प्रविधि र समयले पुस्तकालयलाई उछिने पनि महत्व भने अहिले पनि कायम रहेको किरण पुस्तकालयका संस्थापक शशी पन्थीले बताए ।

पूर्वमन्त्री गोकर्ण विष्टको बिशेष पहलमा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे तीन करोडको लागतमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणको काम सुनील–समिर बाँसुरी जेभीले गरेको थियो । अहिले बाहिरबाट भवन अत्याधुनिक र आर्कषक देखिन्छ । तर दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यावस्थापन र उदेश्यअनुसारको काम अगाडि बढाउन निकै चुनौती रहेको पन्थीको भनाइ छ । सयमअनुसार पुस्तकालय पुगेर पुस्तक पढ्ने अवस्था छैन । पुस्तकालयलाई अहिले उपलब्ध पुस्तक व्यावस्थापन गर्न पनि भवनभित्र आवश्यक संरचनाको समस्या छैन । कार्यालय व्यावस्थापन गर्न जनशक्तिको समेत अभाव उस्तै छ । अहिलेको पुस्ता सुहाउँदो प्रविधिको विकास गरेर पुस्तकालयलाई विकास गर्नुपर्ने आवश्यकता रहेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष जर्नादन घिमिरेले बताए ।

किरण पुस्तकालयले जिल्लाको शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ । पुस्तकालयले स्थापना कालदेखि ‘हाम्रो पुरुषार्थ’ नामक साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ भने पुस्तक प्रकाशन, कवि गोष्ठी, जयन्तीहरू मनाउने तथा पुस्तक र पत्रपत्रिका पढ्न पाउने सुविधा दिइरहेको छ । भौतिक संरचनाले मात्रै पुस्तकालयको उदेश्य पुरा हुँदैन । त्यसैले किरण पुस्तकालय जस्ता जिल्लाका महत्वपूर्ण शैक्षिक धरोहरहरूको संरक्षण र व्यावस्थापनमा राज्यकै तर्फबाट चासो र पहल हुनुपर्ने घिमिरेको जोड छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।