एकातिर ब्यान्ड भर्सेस ब्राण्ड – अर्कातिर घरेलु म’दिरा न’ष्ट!

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकासमन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु म’दिरा (कोदोको र’क्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु म’दिरा न’ष्ट गरिएको छ ।

‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता राईकै जिल्लामा इलाका प्रहरी कार्यालय हलेसीले हलेसीबजारका स्थानीय महिलाले उत्पादन गरेको घरेलु मदिरासहित कच्चा पदार्थ नष्ट गरेको हो । १५ कात्तिक सोमबार ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद कार्कीको नेतृत्वको प्रहरी टोलीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधिसहितको रोहवरमा न’ष्ट गरेको हो ।

६ चैत २०७६ मा दिक्तेलबजारमा नौ हजार मूल्य बराबरको करिब ६० लिटर मदिरा जफत गरेर न’ष्ट गर्दा नेतृ राईले जनप्रतिनिधिको हैसियतमा पहिलोपल्ट सार्वजनिक रूपमा विरोध जनाएकी थिइन् । नेतृ राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को चर्चा चलाउन सुरु गरेसँगै जिल्लामा म’दिरा बरामद गर्ने र नष्ट गर्ने अभियानबाट प्रशासन र प्रहरी केही पछि हटेको थियो ।

‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि घरेलु मदिराको औद्योगीकरणका विषयमा खुलेर बहस हुन थालेको छ । १५ असार २०७७ मा प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा राईले घरेलु मदिरालाई व्यावसायीकरण र औद्योगीकरण गर्न सके सिंगो देशको आर्थिक संमृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन् ।

घरेलु मदिरालाई ब्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी म’दिरालाई पनि प्र’तिबन्ध गर्नुपर्ने पूर्वमन्त्री राईले बताउँदै आएकी छन् । घरेलु म’दिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि उनकै पहलमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको छ ।

राईले लोकल रक्सीमाथिको प्र’तिबन्ध हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि किरात राई यायोक्खाले १६ साउन २०७७ मा खोटाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घरेलु मदिराको प्रवद्र्धन र प्रोत्साहनका लागि कानुनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।