मनाङमा स्याउ टिप्न चटारो

लमजुङ, २५ कात्तिक । मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ-१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०/४० जना कामदार स्याउ टिप्न खटिएका छन् । ‘हाइ डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७ सय ३५ रोपनीमा स्याउ फलेको छ । बगैँचामा ‘गाला’, फुजी र गोल्डेन जातका स्याउ पाकेसँगै कृषकको चटारो बढेको हो ।

कामदार बगैँचाका स्याउ टिप्न व्यस्त छन् । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा स्याउ पाकेसँगै टिप्न थालिएको छ । फार्ममा अघिल्लो वर्ष ४ सय ५० टन स्याउ फलेको थियो । यस वर्ष बढ्ने अनुमान गरिएको छ ।

मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन् ।

दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए । मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले मनाङबाट नेपालमा स्याउखेतीमा एउटा क्रान्तिको सुरु भएको बताए । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।