बाढीले पुल बगाएपछि काठबाट ओहोर-दोहोर

बैतडी, २७ कात्तिक ।कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका-६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् । न्वाघरी गाड नदीमा बनाइएका आरसीसी पुल बाढीले बगाएपछि स्थानीयहरूले २ ओटा काठेपुल निर्माण गरेका हुन् । नदीबाट आवतजावत गर्नका लागि तत्काल अन्य व्यवस्था नभएकाले नदीमाथि काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका ६ का स्थानीय डम्मर साउँदले जानकारी दिए । विद्यार्थीहरूको विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयहरूले काठेपुल निर्माण गरेको उनले बताए ।

उनले भने, ‘कात्तिक पहिलो साता परेको अविरल वर्षाले आरसीसी पुल बगाएपछि आवतजावतमा निकै समस्या हुन थाल्यो । बालबालिकाहरूलाई विद्यालयमा जान समेत समस्या भएपछि पुल निर्माण गरेका हौं ।’

नदीमा आएको बाढीले दुई ठाउँमा भएको आरसीसी पुल बगाएपछि स्थानीयहरूले दुवै ठाउँमा काठेपुल निर्माण गरेका स्थानीयसमेत रहेका शिक्षक पदम साउँदले बताए । उनले भने, ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयहरूले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आवतजावत भइरहेको छ ।’

गणेश माविमा अध्ययनरत बालबालिका र पढाउने शिक्षकहरूलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको सिगास गाउँपालिकाका-७ का शंकरदत्त अवस्थीले बताए । उनले भने, ‘यो नदीमा पुल नहुँदा हामीलाई पालिकासम्म जानसमेत समस्या थियो । त्यसैले हामीले तत्कालका लागि काठेपुल निर्माण गरेका हौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।