लमजुङ भेडाकाे मासुमा आत्मनिर्भर, वार्षिक १० करोडकाे व्यापार

लमजुङ, २८ कात्तिक । चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गाविसमा ९१ वटा घुम्ती भेडीगोठ छन् । ८५८ घरपरिवारले घुम्ती भेडीगोठ राखेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए । ती भेडीगोठमा करिब २५ हजार भेडा छन् ।

पशु सेवा कार्यालयले गरेको अध्ययनमा घुम्ती भेडीगोठबाट किसानले वर्षिक २०० मेट्रिक टन भेडाको मासु उत्पादन गर्ने गरेका छन् । प्रतिकिलो ५०० का दरले भेडाको मासु बिक्री हुने गरेको छ । सबै किसानले गरी भेडाको मासुबाट मात्र वार्षिक १० करोड आम्दानी गर्छन् । भेडाको मासुमा जिल्ला आत्मनिर्भर रहेको कार्यालयको दाबी छ ।

भेडीगोठबाट वार्षिक पाँच हजार किलो ऊनसमेत उत्पादन हुने गरेको छ । किसानले उत्पादितमध्ये आधाजसो ऊन नै र बाँकीको राडीपाखीलगायत बनाएर बिक्री गर्ने गरेका छन् । ऊनबाट मात्र वार्षिक दुई लाख ५० हजार आम्दानी हुने गरेको कार्यालयको तथ्यांक छ ।घुम्ती भेडीगोठमा करिब आठ हजारभन्दा बढी बाख्रा, खसीबोका पनि छन् । खसीबोकाको मासु वर्षिक १२० मेट्रिक टन उत्पादन हुने र यसबाट करिब ६ करोडभन्दा बढी आम्दानी किसानले गर्ने गरेका छन् । भेडीगोठका भेडा, खसीबोका बढी पोखरा, काठमाडौ लगायतका ठूला सहरमा मासुका लागि निर्यात हुने गरेकाे छ ।

‘भेडीगोठबाट आम्दानीको सम्भावना धेरै छ । तर, किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन्’, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले भने, ‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।’ जिल्लाका सबै भेडीगोठालेहरूलाई एकीकृत गरी समूह गठन गरिएको पशु कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ । स्थानीय तहले कृषि र पशुपालनको क्षेत्रमा भने बजेट विनीयोजन नगरेको उनको भनाइ छ । यसवर्ष ८० हजार भेडा र बाख्रालाई पीपीआर (भेडाको महामारी) विरुद्धको खोप लगाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।