च’क्कु प्र’हार गरेर दाजुको ह’त्या, भाइ प’क्राउ

इलाम, ३० कात्तिक ।इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको ह’त्या गरेका छन् । भाइ चक्र मुखियाले च’क्कु प्र’हार गरेर दाजु इच्छा मुखियाको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा वि’वाद हुँदा भाइले दाजुलाई च’क्कु प्र’हार गरेकाे प्रहरीकाे दाबी छ । च’क्कु प्र’हार गरेर दाजुकाे ह’त्या गरेकाे आ’राेपमा प्रहरीले चक्रलाई प्रहरीले च’क्कुसहित नियन्त्रणमा लिएको छ ।

किसानलाई अनुदानमा गहुँ
टीकापुर, ३० कात्तिक (रासस) :कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो । गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर चौधरीले जानकारी दिनुभयो ।

“हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौँ”, कृषि शाखा प्रमुख चौधरीले भन्नुभयो, “गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौँ ।”

पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, बाणगङ्गालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरी बताउनुहन्छ । “कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो”, चौधरीले भन्नुभयो, “हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौँ ।”

अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहनु भएको छ । उहाँ गाउँपालिकाबाट उन्नत जातको गहुँको बीउ पाएपछि खुसी हुनुभएको छ । “गाउँपालिकाबाट गहुँको बीउ पाउँदा मात्र होइन अरु किसान खुसी भएका छौँ । बाढीले वितण्डा मच्चाएको यो समयमा बीउ किन्न निकै समस्या भएका बेला पालिकाले सहयोग गरेको छ”, किसान चौधरीले भन्नुभयो, “गहुँको बीउ पाउँदा समयको बचत भएको छ, आर्थिक बचत भएको छ । उन्नत जातको बीउ पाएकाले उत्पादन बढ्नेछ ।”

जानकी गाउँपालिका–५ का विन्दू भण्डारीले पनि गाउँपालिकाबाट अनुदानमा गहुँको बीउ पाउनुभयो । “हामीले बाहिरबाट गहुँको बीउ ल्याउँदा समस्या हुन्थ्यो, गाउँपालिकाबाट पाउँदा सहज भयो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले गहुँको बीउ मात्र नभई मलमा सहयोग गर्दा अझ किसानलाई राहत हुने थियो । अब मल, प्राविधिक सहयोग पनि चाहिएको छ ।”

कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्बर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनबढी सहकारीले बीउ वृद्धिका क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।