गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

बागलुङ, ७ मंसिर/बागलुङको काठेखोला गाउँपालिका-२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हल गोरु बेचेर जोत्नलाई मिनी टेलर प्रयोग गरेका हुन् ।

विगतका वर्षहरूमा खेतीपातीको लागि उनको कृषि समूहमा एक हल गोरु थियो । यसवर्ष दुवै जनाले गोरु बचे । जोत्ने विकल्पको रूपमा मिनी टेलरलाई रोजे । ‘घरमा केटाकेटी छैनन्, बुढाबुढीले के-के पाल्ने’, आलेले भने, ‘छिटो मिठो मिनी टेलर हुनेरैछ ।’ खनजोतको दुःख, खेतालालाई खाजा सबै खर्चको जोडजाम गर्दा गोरुको प्रयोगभन्दा मिनी टेलर सस्तो पर्ने उनको भनाइ छ ।

गाउँमा घण्टाको ६०० रुपैयाँ तिरेर जोत्ने गरेको सोही गाउँकी कौशिला विकले बताइन् । गाउँमा सीमित कृषकहरूले मात्रा गोरु पालेको हुँदा मिनी टेलर नै उक्त विकल्प भएको विकको भनाइ छ । ‘अहिले गोरु पाउनै मुस्किल छ’, विकले भनिन्, ‘गोरुले नै जोत्ने गरी पर्खने हो भने समय ढल्किन्छ ।’अहिले गाउँगाउँका खेतबारीमा हल गोरुभन्दा मिनी टेलर हलोको प्रयोग देख्न सकिन्छ । काम गर्न छिटो, सजिलो र सस्तो हुनुका साथै कम जनशक्तिमा धेरै काम गर्न सकिने हुँदा प्रविधि प्रयोगमा कृषकहरू आर्षित भएका छन् ।

‘गोरुको प्रयोग गरेर गहुँ छर्दा जोत्ने र खन्ने गर्नुपर्छ’, विकले भनिन्, ‘मिनी टेलरले जोत्दा खन्नु पर्दैनन्, माटो मसिनो बनाएर जोत्ने रैछ ।’कृषि ज्ञान केन्द्र बागलुङले पनि कृषिमा यान्त्रिकरणमा जोड दिएको छ। कार्यालयले गतवर्ष जिल्लाभरका ४१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर हलो वितरण गरेको थियो । चालु आर्थिक वर्षमा पनि कृषि यान्त्रिकरण शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत कुमार पुनले जानकारी दिए ।

कृषकको आवश्यकताको आधारमा आवश्यक कृषि औजार वितरण गरिने उनले बताए । योवर्ष २६० वटा आवेदन परेका छन् । उक्त आवेदनको आधारमा आवश्यकता हेरी कृषि औजार वितरण गर्ने उनको भनाइ छ । युवा जनशक्ति विभिन्न कारणले गाउँ बाहिर भएपछि गाउँघरमा मिनी टेलर हलोको माग बढी हुने उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।