चितवनका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

चितवन, ८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवशेन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । क्षेत्र नं १ मा किरणभूषण ओली, २ मा भरत लामिछाने र ३ मा लालबहादुर दवाडी निर्वाचित हुनुभएको छ । यही मङ्सिर ६ गते भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र मतदानपछि मङ्गलबार साँझ सम्पन्न मत गणनाले तीनै क्षेत्रमा नयाँ नेतृत्व निर्वाचित गरेको हो । क्षेत्र नं १ मा ओलीले ४९१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी इन्द्रकमल बुढाथोकीले ४२३ मत प्राप्त गर्नुभयो । यस्तै क्षेत्र नं २ मा लामिछानेले ५०३ मत प्राप्त गर्दा अर्का उम्मेद्वार लक्ष्मण गुरुङ्ले ४४५ मत प्राप्त गर्नुभयो । यस्तै क्षेत्र नं ३ मा दवाडीले २९८ मतका साथ विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी दामोदर न्यौपाने, अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्रप्रकाश क्षेत्रीलाईपछि पार्दै उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनका क्रममा जिल्ला शीर्ष नेतृत्वको पराजय भएको छ । पूर्वमन्त्रीदेखि मन्त्रीका निजी सचिवसम्म महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ । पराजय हुनेमा पूर्व सभापति एवं जलस्रोतमन्त्री नारायण शर्मा, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेशसभा सदस्य गीता वाग्ले, पूर्व सांसद जगन्नाथ पौडेल, गृहमन्त्री बालकृष्ण खाँडका निजी सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नु परेको छ । महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट गीता देवकोटा, निता ढकाल, शशी महतो, सावित्री बोगटी (पाठक), उत्तम आचार्य, कुमार कार्की, प्रा डा तीर्थराज खनिया, दिवाकर अर्याल, प्रदीप बस्नेत, वासुदेव ढुङ्गाना, भेषराज दुवाडी, राजुप्रसाद सिलवाल, राजेन्द्रप्रसाद बुर्लाकोटी, शरदकुमार बर्तौला निर्वाचित हुनुभएको छ ।

त्यसैगरी शशी रानाभाट, सरस्वती पौडेल, नेमराज शर्मा पौडेल, सरोज कुँवर, कमलादेवी श्रेष्ठ, जयन्द्रकुमार श्रेष्ठ, धनबहादुर गुरुङ्, शेरबहादुर परियार, चन्द्रकुमारी चौधरी, चन्द्रविक्रम चौधरी, महेश रोनियार विजयी हुनुभएको छ । क्षेत्र नं २ बाट गीताकुमारी गुरुङ्, मीनाकुमारी खरेल, निरु कार्की, विनु रायमाझी पौडेल, डा इश्वरी लौडारी, उत्तम जोशी, केशव महर्जन, जीतनारायण श्रेष्ठ, टङ्कनाथ पौडेल, देवेन्द्र गुरुङ्, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, राजेश्वर खनाल, कमला पौडेल, पार्वती शाह, ऋषि खनाल, रामशरण कुँवर, इन्द्रमायाँ लामा, गौरीकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सोही क्षेत्रबाट रामकुमार श्रेष्ठ, सरोज गुरुङ्, शान्ति परियार, डा फणिन्द्रकुमार चौधरी र नरजङग प्रजा निर्वाचित हुनुभएको छ । क्षेत्र नं ३ मा महाधिवेशन प्रतिनिधिमा अञ्जनी श्रेष्ठ, गीता गुरुङ, शारदा गुरुङ, सविता बराल, उमेश श्रेष्ठ, कैलाश कोइराला, चन्द्रध्वज गुरुङ्, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, भरत गुरुङ, रामकृष्ण घिमिरे, विजय शर्मा भूषाल, शङ्करप्रसाद कँडेल, डा सूर्यकान्त घिमिरे, कमला रानाभाट, सरिता केसी, केदारनाथ कोइराला, बलराम पौडेल, सम्भुबहादुर भण्डारी, सूर्यबहादुर बस्नेत, तारा गुरुङ्, कर्णबहादुर गुरुङ्, बेलवबहादुर गुरुङ, विष्णुमाया परियार, साजनकुमार महतो, कृष्णबहादुर भुजेल निर्वाचित हुनुभएको छ । महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति निर्वाचन यही मङ्सिर ११ गतेहुँदै छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।