स्याङ्जामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

वालिङ, ११ मङ्सिर ।स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ ।
पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो ।सुन्तला जोनबाट क्षेत्र विस्तार गर्दै सुपरजोन बनाइएको र अहिले सुपरजोनअन्तर्गत नै समग्र स्याङ्जा जिल्लाभर सुन्तलाखेती गर्ने समूह, सहकारी र निजी फर्मलाई पनि यसमा समावेश गरिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाका १७ वडाका एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तला सुपरजोनको कार्यक्रम लागू भएकामा अहिले जिल्लाका सुन्तला उत्पादन हुने ठाउँ सबैलाई यसमा समेटिएको उहाँले बताउनुभयो ।

“विभिन्न पालिकाका १७ वटा वडामा एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको थियो”, उहाँले भन्नुभयो, “अहिले क्षेत्र विस्तार गरेसँगै जिल्लाभरिमा दुई हजार हेक्टर क्षेत्रफल पुगेको छ ।” दश हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन गर्ने समूह, सहकारी तथा व्यक्तिलाई सुपरजोनमा आवेदन दिनका लागि सूचना जारी गरिएकामा मापदण्डभित्र परेकालाई सुपरजोनको कार्यक्षेत्रभित्र समेटिएको उहाँले बताउनुभयो ।“चालू आर्थिक वर्षको साउनमा किसानलाई सूचीकृत हुनका लागि कार्यालयबाट सूचना जारी ग¥यौँ”, उहाँले भन्नुभयो, “धेरैजसोले सूचीकृतका लागि आवेदन दिनुभयो । अझै पनि केही छुट्नु भएकाले उहाँहरुलाई पुनःसूचीकृत हुन भनेका छौँ र मापदण्डभित्र पर्ने सबैलाई समेटेर योजनाको कार्यान्वयन गर्छौं ।”

स्याङ्जामा सूचीकृत हुनेको सङ्ख्या थप नहुँदाको अवस्थामा तीन हजार ३०० जना सुपरजोनमा आबद्ध थिए भने थप भए पनि पूर्ण तथ्याङ्क आइनसकेको उहाँको भनाइ छ । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादनमा कमी हुने अुनमान कार्यालयको छ । गत वर्ष धेरै फलेकाले यस वर्ष बोटमा कम फल लागेको, लामो समयसम्म भएको वर्षा र औँसा किराको प्रकोपका कारण पाँच–सात प्रतिशतसम्म उत्पादन घट्नसक्ने अनुमान गरिएको छ । स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट रु ५५ करोड बढी आम्दानी भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।