चियाको गुणस्तर सुधार्न किसानलाई काँटछाँटसम्बन्धी सीप सिकाइदै

इलाम, ५ पुस/अर्गानिक तरिकाले अर्थोडक्स हरियो पत्ती उत्पादन गर्ने किसानलाई चियाको गुणस्तर सुधारको लागि काँटछाटसम्बन्धी सीप सिकाउन थालिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उनीहरूलाई काँटछाँटसम्बन्धी सीप विकास गर्न तालिम गराइरहेको छ । इलामका ८६ समूह किसानलाई तालिम गराउन दिन सुरू गरेकाे चिया विस्तार आयोजना फिक्कलका प्रमुख ईन्द्र अधिकारीले जानकारी दिए ।

काँटछाँटसम्बन्धी तालिममा २७ सय ९० किसान सहभागी छन् । अहिले चिया काँटछाँटको सिजन भएकाले किसानलाई तालिम गराइएको हो । चियाको गुणस्तर विकासको लागि सिजन अनुसारको सीप सिकाउने चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले बताए । ‘हामीले मिसनकै रुपमा चिया किसानलाई तालिम गराउन थालेको हौँ,’ कार्यकारी निर्देशक डा. भट्टराईले भने, ‘बोटबाटै चियाको गुणस्तर सुधार गर्ने बोर्डको मिसन हो ।’ बोर्डले चियाको काँटछाँटसहित मलजल, टिपाइ, चियाको प्रशोधन र रोग किरा नियन्त्रणसम्मको तालिम गराउनेछ ।

चियाको काँटछाँट नमिल्दा चियाको उत्पादनमा ह्रास हुने गरेको छ भने हरियोपत्तीको गुणस्तरमा समेत कमी आउने चियाका प्राविधिक ज्योति अधिकारीले बताए । ‘काँटछाँट नमिल्दा उत्पादनमा त कमी आउँछ नै पत्तीको गुणस्तर समेत हुँदैन,’ अधिकारीले भने, ‘अहिले किसानले जथाभावी चिया काट्ने गरेका छन् ।’ जसका कारण हरियोपत्तीको उत्पादनमा १५ देखि २० प्रतिशतसम्म ह्रास हुने चिया विस्तार आयोजना फिक्कलका प्रमुख ईन्द्र अधिकारीले बताए । ‘काँटछाँट नमिल्दा चियाको उत्पादनमा कमी आउँछ, प्रुनिङ साइकल मेन्टन गरेर काँटछाँट गरियो भने उत्पादन बढ्छ,’ अधिकारीले भने, ‘अहिलेसम्म धेरै किसानले प्रुनिङ साइकल मेन्टेन भएको खासै पाइदैन ।’

चियाको पाँच देखि ६ बर्षको प्रुनिङ साइकल हुन्छ । चियाको टिपाइ सुरू भएपछि १४ देखि १६ इञ्च उचाइमा ‘लाइट प्रुनिङ’ गर्नुपर्छ । अर्को बर्ष चियाको गाँज मिलाउनको लागि ‘लेबल अफ स्किप’ गर्नुपर्छ । अर्को बर्ष लेबल अफ स्किप गरिएको एक इञ्चमुनि ‘लाइट स्किप’ गर्नुपर्छ । अर्को वर्ष ‘डिप स्किप’ गर्नुपर्छ, त्यसको अर्को वर्ष ‘लेवल अफ स्किप’ गरेपछि पुन: लाइट प्रुनिङ गर्नुपर्छ । यो प्रुनिङ साइलक पूरा गर्न पाँचदेखि ६ वर्षसम्म लाग्ने चिया प्रविधिकहरू बताउँछन् । पाँचपटक प्रुनिङ साइकल पूरा भएपछि एक पटक पाँच देखि ६ इञ्चमा ‘मिडियम प्रुनिङ’ गर्नुपर्ने चिया विस्तार आयोजनाका प्रमुख अधिकारीले बताए ।

चिया रोपेको ६ बर्षबाट उत्पादन हुन्छ । उत्पादन सुरूअघि पनि तीन चरणमा चियाको बोर्ड काँटछाँट मिलाउनुपर्छ । चिया रोपेको ६ महिनामा ‘डिसेन्टर’ गरिन्छ । त्यससपछि बोटअनुसार ‘रिसेन्टर’ गरिन्छ । चियाको बोट मिलाउन ‘फ्रेम फर्मेसन प्रुनिङ’ गरेपछि हरियोपत्ती उत्पादन सुरू हुन्छ ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्डले ट्रेडमार्क पाएको उद्योगमा हरियोपत्ती बिक्री गर्ने किसानलाई चियाखेतीको लागि तालिम गराउँदैछ । इलामका १५ वटा चिया उद्योगले नेपाली टि क्वालिटी फ्रम दि हिमालयन ट्रेडमार्क पाइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।