मिलमा सल बेरिएर महिलाको मृ’त्यु

अछाम/चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृ त्यु भएको छ । साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृ तकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएकाे हो । मृत क बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत
बाजुरा, २८ पुस/नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।

पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिबेशनले शाहीलाई सर्वसहमतमा चयन गरेको एमाले बाजुराले जनाएको छ ।

उनी जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुन् । यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् । अध्यक्ष शाहीको नेतृत्वमा ९० जनाको जिल्ला कमिटी गठन भएको छ । अधिवेशन २७ पुसमा सम्पन्न भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।