सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि शिक्षण संस्था धमाधम बन्द हुन थाले

महोत्तरी, २८ पुस/संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि आकस्मिक रुपमा बन्द भएका छन् ।

देशैभर काेराेनाकाे तेस्रो लहर सुरू भएको चिकित्सकहरूले बताइरहेको बेला यसकाे असर महोत्तरीमा पनि देखिएको छ । भाइरसको जोखिम न्यूनिकरण स्वरुप सरकारले सरकारी तथा निजी विद्यालयका बालबालिकालाई समेत मेर्डना खोप दिन थालेकाे छ ।

जिल्लाका करिब ९० प्रतिशत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । सबैभन्दा जोखिम विद्यालय, क्याम्पसमा पर्न सक्ने भन्दै जिल्लाका सामुदायिक तथा सरकारी विध्यालयहरू आजैदेखि बन्द गरिएको छ भने निजी विद्यालय १ माघपछि बन्द गरिने महोत्तरी प्याब्सन, एनप्याबसनकाे तयारी छ ।

कतिपय विद्यालयले भर्चुअल विधिबाट कक्षा लिनसमेत सुरु गरिसकेका छन् । तर, सरकारले अचानक गरेको निर्णयले निजी विद्यालयमा झन समस्या थपेको महोत्तरी प्याबसनको गुनासो छ ।

यदि सरकारले अनुमति दिए जोखिमरहित वातावरणमा कक्षा संचालन गर्न तयार रहेको उनीहरूकाे भनाइ छ । महोत्तरीमा ६२ भन्दा बढी निजी विद्यालय छन भने पाँच सयको हाराहारीमा सरकारी तथा सामुदायिक विद्यालय रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।