टेलिकमकाे टावर सञ्चालनमा आएपछि महोत्तरीको उत्तरी क्षेत्रमा खुसियाली

विशाल बस्नेत/महोत्तरी, २९ पुस । महोत्तरीको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका-१० र ११ का सर्वसाधारणले आफन्तसँग टेलिफाेनमा कुराकानी गर्न बजार धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

महोत्तरीकै अग्लो ठाउँ चनौटेमा नेपाल टेलिकमको नेटवर्कको टावर सञ्चालनमा आएपछि संचारका लागि झन्झट भाेगिरहेका यहाँका स्थानीयलाई राहत भएकाे हाे ।

यसअघि खयरमारा, लक्ष्मी भाङग्रे, झ्याउरे, पिपलदमा, गोर्दी खोला, बाँके, लामीदमार, कालीखोला, छोडके,चनौटे लगायतका ठाउँका टेलिफाेनका लागि पनि बजार जान्थे । ‘हामी निकै खुसी छाैँ,’ स्थानीय इशारा लामाले भनिन् ।

`आफन्तसँग फोन सम्पर्कका लागि खयरमारा बजार र बर्दिबास आउनुपर्ने बाध्यताको अन्त्य भएकाे छ । नयाँ युगको सुरुवात भएको महसुस गरेका छौँ,’´ स्थानीय अर्जुन थापाले भने ।

टावर बनेकाे लामाे समयसम्म सञ्चालनमा नआएपछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गरेका थिए । त्यसपछि उनले नेटवर्क सञ्चालनका लागि टेलिकमसँग पहल गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।