व्यवसायमा रमाएका प्रेमः वार्षिक तीनदेखि पाँच लाखसम्म गर्छन् आम्दानी

जितेन्द्र थापा/सुर्खेत, ३० पुस ।कालीकोटको खाडाचक्र नगरपालिका-८ का प्रेम प्रकाश चौलागाई हाल वीरेन्द्रनगर-३ सुर्खेतमा गार्मेन्ट उद्योग सञ्चालन गर्छन् । उनी आफै कामदार आफै मालिक हुन् ।

यहाँसम्म आउन उनका दुःख संघर्ष सुनिनसक्नुका छन् । ११ वर्षको उमेरमै आमा गुमाए । आमाको मृत्युको घाउ नपुरिँदै १५ वर्षको उमेरमा बुबाले पनि संसार छाडे । प्रेम घरको काइँलो छोरा हुन् । आमाबुबाले नै संसार छाडेर गएपछि ६ दाजुभाइ-दिदीबहिनीका दिनहरू संघर्षमा बिते । आमाबुबाले संसार छाडे पनि दाजु-दिदीबाट उनलाई मायाको कमी भने भएन ।

उमेर सानै भए पनि प्रेममा व्यवसाय गर्ने हुटहुटी चलिसकेको थियो । बाल्यकालको उमेरमै तल्लो माथिल्लो घरका दाजुभाइ घुमन्ते व्यापार गरेको देख्दा प्रेमलाई पनि घुमन्ते व्यापार गर्न पाए हुन्थ्याे भन्ने लाग्थ्यो । २०६९ साउनबाट १७ वर्षको उमेरमै उनी घुमन्ते व्यापारमा निस्किए । घुमन्ते व्यवपार जुम्ला हुम्लालगायत साविकको भेरी कर्णाली अञ्चलको पुर्ख्याैली पेसा नै हो । घुमन्ते व्यापार गर्ने बुबाको निधनपछि पुरानाे पेसालाई अंगाल्नुपर्छ भन्ने सोचले कैयौँ ठाउँ पुगे । कहिले हिमालको खोँचमा त कहिले पहाडका उकाली ओराली त कहिले तराईका फाँट पुगे ।

२१ साउन २०६९ देखि बुटवलमा फेन्सी पसल सञ्चालन गरे । पढाइ खर्च जुटाएर १२ कक्षा अध्ययन गर्न काठमाडौ छिरे । १२ कक्षाको परीक्षा दिएर फेरि कैलालीको अत्तरिया पुगेर व्यावसायिक यात्रा सुरु गरेको उनी बताउँछन् । २०७० मा घुम्ती व्यवसायका लागि पुनः बैतडीको देहीमाण्डौँ पुगेर केही समय उतै बसे । त्यहाँ बस्दा थुप्रै किसिमका चुनौतीको सामना गर्नुपरेको अनुभव उनीसँग छ । ‘घुम्ती व्यपारको सिलसिलामा देहीमाण्डौमा तीन महिना बिताएँ,’ उनले भने, ‘त्यहाँ बस्दा थुप्रै चुनौती सामना गर्नुपर्‍यो । घुमन्ते व्यापार त्यति गर्न पाइन्थेन । ठूलो व्यापार गरेर स्थायी रूपमा बस्न आर्थिक लगानी थिएन । घुम्ती व्यापार गर्दा कैयौँ पटक सामान जफत भयो । कैयौँ पटक लखेटियौँ ।’

२०७० भदौमा पुन: अत्तरिया पुगे । त्यहाँबाट होलसेलमा सामान बोकेर पुन: डोटीको सिलगढी गए र त्यहाँ दुई महिना बस्दा ३० हजार नाफा प्लस हुँदा महेन्द्रनगर पुगे । त्यहाँको एक साहुलाई तीस हजार दिएर साढे तीन लाख बराबरको सामान हालेर २०७५ सम्म अछामको मंगलसेनबाट स्थायी रूपमा व्यवसाय सुरु गरेको चौलागाईँ बताउँछन् । पाँच महिना रुकुमको कमलताल,पश्चिम रुकुमको बाफिकोट दुई महिना र तीन महिना जाजरकोटको नलगाड नगरपालिकामा बिताए ।

घुमन्ते व्यवसायले उनलाई कहिले सुदूरपश्चिमका अछाम, डोटी, कैलाली, कहिले कर्णालीका कालीकोट,जुम्ला, हुम्ला,जाजरकोट, रुकुम, सुर्खेत पुर्‍यायो । यहाँसम्मको उनको दुःख मेहनतले एउटा सानो उद्योग खोल्नेसम्म आर्थिक लगानी जुटाए । २०७५ मै सुर्खेतको वीरेन्द्रनगर-३ मा दाजुभाइ गार्मेन्ट उद्योग सञ्चालन गरेको उनी बताउँछन् ।

पिठ्युँमा भारी बोकेर व्यापार गर्दा लखेटिनु परेकाे प्रेमले सुनाए । ‘घरपरिवारको पालनपोषण गर्न र आफ्नो पढाइ खर्च जुटाउने अरु कुनै विकल्प थिएन,’ उनले भने,‘खुल्ला रूपमा व्यापार गर्दा र उनीहरूबाट लखेटिँदा कहिले जंगलमै बास हुन्थ्यो । कहिले चाउचाउ बिस्कुटको सहारामा पहाडका उकाली ओराली बाटोमा यात्रा गर्नुपर्थ्याे । दिनहरू संघर्षमै बिते ।’

घुम्ती व्यवसायदेखि गार्मेन्ट मालिकसम्म

२०६९ देखि घुम्ती व्यपार थाल्दै विभिन्न आरोहअवरोह गर्दै चौलागाईले अहिले आफ्नै गार्मेन्ट उद्योग सञ्चालन गरेका छन् । २०६९ देखि २०७५ सम्म घुम्ती व्यापार गर्दै २०७५ देखि नै सुर्खेतको वीरेन्द्रनगरमा गार्मेन्ट उद्योग सञ्चालन गरेर ११ जनालाई रोजगारीसमेत दिएको उनी बताउँछन् । जातको आधारमा विभाजित गर्ने हाम्रो समाजमा नेपालीले मात्र कपडा सिउनुपर्छ भन्ने रुढीवादी परम्पराको अन्त्य हुँदै गएको छ । उनी गार्मेन्टको आफै मालिक र आफै कामदारसमेत हुन् । चौलागाईले मासिक २५ देखि ५० हजार र वार्षिक तीन लाख देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।