शौच गर्न र पानी पिउन विद्यार्थी जंगल जानुपर्ने

जितेन्द्र थापा/सुर्खेत, ३० पुस । नेपालमा उच्च ओहदाका मानिसहरू हेलिकप्टरबाट झर्दा रातो कार्पेट ओछ्याइन्छ । तर, देशका भविष्य मानिने विद्यार्थीहरूका लागि एउटा कार्पेटसम्म हुँदैन, त्यस्तै समस्या छ सुर्खेतको बराहताल गाउँपालिका–६ को जनजागरण प्राथमिक विद्यालयको ।सोही विद्यालयमा बराहताल इखेनीकी ६ वर्षीया हस्तना विक श्री जनजागरण प्राथमिक विद्यालय कक्षा १ मा पढ्छिन् । उनको साथमा नत झोला छ, नत न्यानो कपडा नै थिए । चिसोले कापिरहेकी थिइन् ।

त्यस्तै सोही ठाउँकै अर्का लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरू दुई जना एक प्रतिनिधि पात्र मात्र हुन् । सोही विद्यालयमा अध्यनरत १०४ जना विद्यार्थीमध्ये अधिकांशको अवस्था उनी लोकेन्द्र र हस्तनाको जस्तै छ । भेरीको छेउमै रहेको यो विद्यालयका विद्यार्थीका लागि न्यानो लुगा कपडा र झोला त परै जाओस्, उनीहरूसँग लगाउने जुत्ताचप्पल समेत छैनन् । २०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको थियो । भेरी किनारको वनक्षेत्र फडानी गरेर विभिन्न जिल्लाका ५० परिवार ल्याएर यहाँ राखिएको थियो ।

यातायात, विद्युत, विद्यालय, खानेपानी, सिँचाइलगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाएपनि विद्यालयको खानेपानी समस्या भने ज्यूँकात्यूँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडा कार्यालयले वास्ता नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उज्वल कामी बताउँछन् ।

शिक्षक अपुग

श्री जनजागरण प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । त्यसपछि थप अध्ययनको लागि चेपाङ पुग्छन् । कक्षा ५ सम्म अध्ययन हुने गरे पनि शिक्षक अपुगका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजाली बताउँछन् ।

२०६५ सालमा स्थापना भएको श्री जनजागरण प्राथमिक विद्यालयमा दुई जना शिक्षकको दरबन्दी छ । एक पद रिक्त रहेको छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एक जना दरबन्दी, एक जना स्थानीय स्रोत, एक जना राहत, एक जना करारसहित पाँच जना मात्र शिक्षक छन् । विद्यालयमा शिक्षक अपुग मात्र नभएर खानेपानी र शौचालयसम्मको अभाव छ ।

शौचालय र पानीको अभावले विद्यार्थीहरू जंगलतिर

विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरू जंगल दुगुर्नुपर्ने बाध्यता छ । विद्यालयका भवन पनि जीर्ण छन् । शौचालय पनि जीर्ण हुँदा विद्यार्थीहरू शौचालय नगएर जंगलतिर दुगुर्नुपर्ने बाध्यता रहेको शिक्षक नामजाली बताउँछन् । विद्यालयमा शौचालय र पानी नै हुँदैन,’ उनले भने, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जस्का कारण शौचको लागि जंगल जानुपर्ने बाध्यता छ ।’

चार वर्ष पुरानो च्यातिएका कार्पेटमा बस्छन् विद्यार्थी

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबैजसो परिवार भारत नगए चुलो बल्दैन । अत्यधिक गरिबीको चपेटामा रहेको यहाँको विद्यालयमा पर्याप्त रुपमा भौतिक पूर्वाधारको सामग्रीबाट बञ्चित छ । पर्याप्त रुपमा बस्ने डेस्क बेन्चहरू छैनन् । विद्यार्थीहरू चार वर्षअघिको च्यातिएर प्वाल परेको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक नामजाली बताउँछन् ।

विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्,’उनले भने, ‘बेन्ज डेस्क किनेर कसरी राख्नु । हाम्रा नेताज्युका कानमा कोले सुनाइदेला ‘तपाईलाई हेलिकप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता देशको भविष्य पढ्नेबेला ओछ्उने कार्पेट नपाएर चिसो ठाउँमा बसेर पढ्छन् ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।