एसियन लाइफको मृ’तक बिमा हस्तान्तरण

खड्क सुनार/मुगु, मुगुमा पहिलो पटक ड्राफ्ट चेकमार्फत रकम हस्तान्तरण गरिएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगुले वार्षिक अग्रिम भुक्तानीअन्तर्गत जिल्लामै पहिलो पटक ड्राफ्ट चेकमार्फत मृ त्यु दाबी रकम हस्तान्तरण गरेको हो ।

एसियन लाइफ इन्सोरेन्यान्स कम्पनी उप शाखा मुगुमा वार्षिक अग्रिम भुक्तानी प्याकेजमा बिमा गराएका छायानाथ रारा नगरपालिका-८ टोप्लाका २५ वर्षका टोपबहादुर विष्ट गत २६ असोजमा पिना बस दु र्घटनामा परी मृ त्यु भएपछि मृ तकको मृ त्यु दावी रकम उनकी श्रीमतीलाई दुई लाख २० हजार २०० रकम हस्तान्तरण गरिएको एसियन लाइफ इन्स्याेरेयान्स मुगुले जनाएको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक अग्रिम भुक्तानी बिमाअन्तर्गत वार्षिक १३ हजार रुपैयाँ बुझाउने शर्तमा तीन वर्षको अवधिमा ३९ हजार जम्मा गरी वार्षिक अग्रिम भुक्तानी बिमा गराएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा मुगुका प्रमुख मुकेश शाहीले जानकारी दिए । बिमित मृ तक टोपबहादुर विष्ट गत २६ असोजमा छायानाथ रारा नगरपालिका-७ पिना बस दुर्घटनामा परी थप उपचारको लागि नेपालगञ्जमा मृ त्यु भएको थियो । बिमितकर्ता लामाले पहिलो किस्ता १३ हजार कम्पनीमा जम्मा गराएका थिए ।

विष्टको मृ त्यु भएपछि उनले तीन वर्षमा पाउने कुल चार लाख बराबरको हो । तर, वैशाखको किस्ता नहाल्दा त्यसको आधा दुई लाख बराबरको रकम उनको घरमै पुगी उनकी श्रीमती गोरीकला विष्ट र अन्य स्थानीय शिक्षकको रोहवरमा हस्तान्तरण गरिएको ईन्चार्ज शाहीले बताए । मृ तक दाबी रकमबाट उपलब्ध भएको दुई लाख रकम एनआईसी बैकमा खाता खोली जम्मा गरेको गोरीकलाले बताइन् । उनका दुई छोरा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖