नुवाकोटको समृद्धिका लागि युवा उद्यमी अग्रसर

प्रकाश सिलवाल, ककनी, ४ माघ (रासस) :कृषि, ऊर्जा र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना बोकेको नुवाकोटाको समृद्धिका लागि युवा व्यावसायी र उद्यमी अग्रसर भएका छन् । काठमाडौँसँग जोडिएर पनि विकासमा फड्को मार्न नसकेको जिल्लामा नयाँ–नयाँ क्षेत्रमा सीप विकासका तालिम र लगानीका दायरा वृद्धि गरेर आर्थिक विकासका लागि टेवा दिन उनीहरूले पहल गरेका हुन् । विदेशमा व्यवसाय र श्रमको अनुभव गरेर स्वदेश फर्केकाहरू पनि गाउँ ठाउँमै कृषि फार्म र समृद्धिका लागि लगनशील हुन थालेपछि युवापुस्तामा सकारात्मक प्रभाव परेको छ ।

श्रम र लगानी गर्न सक्ने उमेरमा युवाहरु विदेशिँदा स्वदेशमा रोजगारी र उत्पादनका क्षेत्रमा परिरहेको नकारात्मक असर मेट्न नेपाल राष्ट्रिय उद्योग व्यावसाय महासङ्घ नुवाकोटले अभियानकै रूपमा गतिविधि सञ्चालन गरेको छ । नुवाकोटको ९० प्रतिशतभन्दा बढी जमिन समशितोष्ण हिसाबले कुनै न कुनै उत्पादन र खेतीका लागि उपयुक्त मानिएकाले यहाँको सम्भावनालाई उजिल्याउँदा त्यसको लाभ मुलुकको समृद्धिमा पर्नेछ । समुद्री सतहबाट ३०० मिटरदेखि चार हजार मिटरसम्मको भू–भाग रहेकाले नुवाकोटमा उत्पादनका लागि विविध क्षेत्रको सम्भावना रहेको पहिचान गराउँदै महासङ्घले उद्यमीहरूलाई लगानी बढाउन र उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय क्षेत्रसम्म बजार विस्तार गर्ने तौरतटिरकामा सहजीकरण गरिरहेको छ । नेपालमै उत्पादन हुनसक्ने सामग्रीसमेत वर्षेनी विदेशबाट अर्बाै रुपैयाँ बराबरको निर्यात हुँदा भइरहेको व्यापार घाटा न्यून गर्न स्वदेशमा हुने उत्पादन र बजार विस्तारले प्रत्यक्ष योगदान दिन सक्नेछ ।

नुवाकोटमा दुग्ध पदार्थ, मिठाइ उद्योग, माछापालन, कालिज, बङ्गुरपालन, च्याउ, कफी, चिया उद्योग, हस्तकला उद्योग, फलफूल उद्योग, किबी, एभोकाडो, इष्ट्रबेरी, कृषि पर्यटन, अदुवा–बेसार प्रशोधन केन्द्र, सिस्नु रेशा उद्योेग, कोल्डस्टोर, अचार, मसला उद्योग, कृषि पर्यटन, शैक्षिक हब, पानी उद्योग, विद्युतीय तथा ऊर्जा क्षेत्र आदि धेरै क्षेत्रमा सम्भावना रहेको छ ।

महासङ्घको पहिलो नुवाकोट भेलाका अवसरमा शनिबार ककनीमा आयोजित प्रशिक्षणमूलक कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले विदेशमा गएर कठिन श्रम गर्न पछि नपर्ने युवा आफ्नो मुलुकमा व्यावसायिक खेतीपाती र काम गर्न हिच्किचाउने प्रवृत्तिले देशको विकास नहुने भएकाले त्यस्तो हीनताबोध त्याग्न आग्रह गर्नुभयो । नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष पाण्डेले लगानीकर्ताले लगनशील भएर लागेमा उनीहरूले आफू र उपभोक्ता दुवैलाई फाइदा दिन सक्ने बताउँदै प्रदेश सरकारको बाँझो खेत खन्नेलाई अनुदान दिनेजस्ता कार्यक्रममा भाग लिन आग्रह गर्नुभयो ।

सोही प्रदेशका पूर्वराज्यमन्त्री बद्री मैनालीले गुणस्तरीय र ठूलो परिणाममा उत्पादन गर्न सकिने यहाँका उत्पादनले अन्तर्राष्ट्रिय बजारका लागि प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । एमालेका जिल्ला अध्यक्ष मैनालीले बाहिरी लगानीकर्तालाई भित्र्याउन कानूनीरूपमा पनि सहजीकरण भइरहेको जानकारी दिनुभयो ।

महासङ्घका पूर्वजिल्ला अध्यक्ष काशीराम अधिकारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफूसँग भएका जग्गा र समथ्र्यलाई पूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मानप्राप्त व्यावसायी गोपी कँडेलले छिमेकी चीनले चारवटा विशेष आर्थिक क्षेत्रको घोषणा र तिनको प्रभावकारी विकासबाट आफ्नो मुलुकको समृद्धि गरेको उदाहरण दिँदै नेपाल गरिब मुलुक भन्ने सोचाइलाई त्याग्न र विकासका उपयुक्त नीति ल्याउन राजनीतिकर्मीलाई आग्रह गर्नुभयो । नेपालमा पहिलोपटक सिसा उद्योेग भित्र्याउने कँडेलले हरेक वडामा एक नमूना उत्पादनको लक्ष्यका साथ नुवकोटको समृद्धिका लागि आफूहरु लाग्ने प्रण गर्नुभयो ।

उद्यमीको जिल्ला नेतृत्व

महासङ्घको भेलाले व्यवसायी कँडेलको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जिल्लाको सबै पालिकाबाट कम्तीमा तीन उद्यमीको प्रतिनिधित्व रहेको कार्यसमितिको उपाध्यक्षमा ललितकुमार लामा, सन्तबहादुर तामाङ, सचिवमा दीपकराज पाण्डे, कोषाध्यक्षमा मञ्जु पोखरेल र उपसचिवमा वसन्त धिताल र रामचन्द्र अधिकारी रहनुभएको छ । जिल्ला समितिले हरेक पालिकास्तरमा समिति विस्तार गरेर काम गर्नेछ । सङ्ठन विस्तारसँगै प्राङ्गारिक कृषिखेतीका ख्यातिप्राप्त विज्ञहरूसमेतलाई स्थलमा लगेर तालिम सञ्चालन गरिने कृषि व्यवसायी किशोर लोहनीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।