नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार

सुर्खेत, ४ माघ/जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो । स्थानीय स्वास्थ्य चौकीमा दुई वटा जुम्ल्याहा छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको र क्तअल्पता भएपछि गत पुस २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना भएकी रावलको शरीरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत ल्याइएको उनका श्रीमान् धन बहादुर रावलले जानकारी दिए ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो । सुत्केरी महिलाका २ जुम्ल्याहा छोरा घरमा नै सामान्य अवस्थामा रहेको पारिवारिक उनका श्रीमानले बताए ।

राष्ट्रिय अभिलेखालयमा जनशक्ति अभाव
काठमाडौँ, ४ माघ (रासस) ःविभागस्तरमा स्तरोन्नति भएको चार वर्षसम्म पनि राष्ट्रिय अभिलेखालयमा स्वीकृत दरबन्दीकै पदपूर्ति हुन सकेको छैन ।

विसं २०७४ मा अभिलेखालय विभागस्तरमा स्तरोन्नति भएको थियो । अभिलेखालयमा हाल ३० जनाको दरबन्दी स्वीकृत गरिएको छ । तर कार्यरत भने १६ जनामात्र रहेको अभिलेखालयका निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो ।

कार्यालय विभागस्तरमा स्तरोन्नति भएकै वर्ष स्वीकृत दरबन्दीको सङ्ख्या भने ३७ बाट ३० मा झरेको थियो । राज्य पुनर्संरचना भएको भन्दै अभिलेखालयको दरबन्दी घटाइएको हो । जसका कारण एक जना कर्मचारीले बिदा लिए शाखा नै बन्द गर्नुपर्ने अवस्थामा अभिलेखालय पुगेको छ । कार्यालयमा हाल अभिलेख शाखाको उपसचिव, माइक्रोफिल्म तथा विद्युतीय अभिलेख व्यवस्थापन शाखाका अधिकृत, पुस्तकालय अधिकृत, प्रशासनको नायब सुब्बा, रसायनविद्, रिप्रोग्राफर (माइक्रोफिल्म गर्ने), फोटोग्राफर, टाइपिस्ट नायब सुब्बा, लेखकजस्ता गरी १४ पद रिक्त छन् ।
कुमारीचोक, परराष्ट्र मन्त्रालय, निजामती किताबखानाका धेरै दस्तावेज अभिलेखालयलाई प्राप्त भएको छ, कर्मचारी अभावकै कारण यी दस्तावेजलाई सूचीकृत गर्न सकिएको छैन। “२० जना जनशक्ति थप गरेर १० वर्ष काम गर्दा पनि नसकिने यी दस्तावेज अलपत्र अवस्थामा थन्किएका छन्, २० जनाको दरबन्दी थपका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाएका छौँ”,उहाँले भन्नुभयो ।

जनशक्ति अभावकै कारण अभिलेखालयले विभिन्न कार्यालयमा रहेका २५ वर्ष पुराना राष्ट्रिय महत्वका कागजात सङ्कलन गर्न सकेको छैन । यसका लागि समन्वय गर्ने जनशक्तिकै अभिलेखालयमा अभाव छ । अभिलेखालयमा सेवा निवृत्त र सरुवा हुने तर पदपूर्ति नहुने समस्या बढ्दै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।