आज हिमपातकाे सम्भावना, भाेलि सातै प्रदेशमा वर्षाकाे आँकलन

काठमाडाैं, ५ माघ/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेकाे छ ।दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने
मान्म, ५ माघ (रासस) :कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।

रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिनुभयो । “माटोको अवस्था, चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको छ”, उहाँले भन्नुभयो, “करिब १० हजार रुख कटान हुने अनुमान गरेका छौँ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।”

आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले जानकारी दिनुभयो । सुरुङको अध्ययनपछि खन्ने विषयबारे निक्र्यौल गरिने वाइबाको भनाइ छ । “आयोजनाबारे अध्ययनको काम सकिएको छैन”, उहाँले भन्नुभयो । आवास निर्माणको काम भने थालिएको छ । जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ । बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ । आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।