आशंकाकाे भरमा उपचार ः तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

मेलम्ची, ५ माघ/पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती-५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई दिन राखियो । रिपोर्ट आयो- आन्द्रामा समस्या छ । छिटोभन्दा छिटो अप्रेसन गर्न सुझाइयाे । तर, काठमाडौँको छाउनीमा गएर चेकअप गर्दा अप्रेसन गर्न नपर्ने र बिरामी त्यति धेरै जटिल नभएको रिपोर्ट आयो । लगत्तै उनलाई केही समयपछि निको पनि भयो ।

इन्द्रावती गाउँपालिकाका कुमार आचार्यलाई पनि २१ पुसमा पेट दुख्ने समस्या भयो । मेलम्ची अस्पताल गए । परीक्षण गर्दा किड्नीमा पानी जमेको भनियो । ५.५ एम एमको पत्थरी रहेको र तत्कालै अप्रेसन गरिहाल्न आचार्यलाई अस्पतालका चिकित्सकले सुझाव दिए । उक्त अस्पतालले दायाँपट्टी पत्थरी छ भनेकाे थियाे । उनी बनेपाको केपी पोलिक्लिनकमा गए । त्यहाँ परीक्षण गराउँदा बायाँ पट्टी पत्थरी रहेको छ भनियो ।

दुई वटा अस्पतालमा फरक-फरक रिपोर्ट दिएपछि उनी २९ मा धुलिखेल अस्पताल पुगे । आचार्यको किड्नीमा पानी नजमेको र कुनै अप्रेसन गर्नु नपर्ने धुलिखेल अस्पतालले बतायो । पानी खाएरै केही दिनमा पत्थरी जाने र किड्नीलाई कुनै असर नभएको धुलिखेलका चिकित्सक निशा गुप्ताले बताइन् ।

आचार्य र लुइँटेल त प्रतिनिधि पात्र मात्र हुन् उनीहरू जस्तै दैनिक जसो कुनै न कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका धेरै बिरामी समस्यामा पर्ने गरेका छन् । ‘हामीले त शंका लागेको कुरा गरेका हौँ,’ अस्पतालका चिकित्सक मिलन खड्काले भने, ‘पानी जमेको शंका लागेर पानी फाल्न भनिएकाे हाे ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖