५४ करोडमा बन्याे बुटवल उपमहानगरपालिकाकाे प्रशासनिक भवन

बुटवल, ५ माघ/बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेकाे छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।

चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको छ । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँमा २०७८ असारमा सक्ने गरी ६ असार २०७७ मा ठेक्का सम्झौता गरेका थिए । तर कोभिडका कारण निर्माण कार्य केही समय ढिलो गरी सम्पन्न भएको हो ।

भवनमा अन्डरग्राउन्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग-अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मूलगेटलाई जितगढी किल्लाको झल्को दिने गरी निर्माण गरिएको छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएकाे र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उपमहानगरले जनाएकाे छ ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा नयाँ आधुनिक भवनको निर्माण गरेको बताए । उनले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको उनले दाबी गरे । नयाँ भवनको एमाले उपाध्यक्ष विष्णु पौडेलले बुधबार भर्चुअल्ली उद्घाटन गरे । उनले विकासका आयोजनामा राजनीति हुन थालेको भन्दै सत्ता गठबन्धनलाई त्यसो नगर्न चेतावनी दिए । विकास आयोजना रोक्दा कसैलाई फाइदा नगर्ने भएकाले विकासमा राजनीतिक स्वार्थभन्दा माथि उठ्न उनले आग्रह गरे ।

“विकास आयोजना अगाडि बढे त्यसले सबैलाई फाईदा हुन्छ, यस्ता विषयमा राजनीति नगर्न र जनताको हितलाई सर्वोपरी ठान्न म आग्रह गर्दछु”, उनले भने । रुपन्देहीले अहिले राष्ट्रिय गौरवको आयोजना तिनाउ-दानव कोरिडोरको काम अगाडि बढाउने क्रममा आन्दोलन भइरहेको भन्दै आन्दोलन राजनीतिक स्वार्थबाट प्रेरित रहेको पौडेलले बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद लीला गिरीले बुटवल आर्थिक विकासको केन्द्र बनेको र पछिल्लो समय बुटवल उपमहानगरका नमुना योजनाले पहिचान थपिएको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने बताए ।

पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देहीलाई आर्थिक विकासको केन्द्रका रूपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले सञ्चालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको उनको आरोप लगाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।