लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई

लमजुङ,६ माघ/जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन पहिलो चरणमा जिल्ला प्रवेश नाका पाउँदीमा माक्स अभियान चलाइएको हो ।

सुन्दरबजार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहयोगमा पाउँदी नाकामा हेल्थ डेक्स स्थापना गरी सचेतना सहितको माक्स अभियान सञ्चालन गरिएको हो । माक्स लगाउँदा मात्र पनि कोभिड संक्रमण फैलिनबाट जाेगिने भन्दै अभियानमा साथ दिन प्रहरीले आग्रह गरेको छ ।

अभियानअन्तर्गत नाकाबाट प्रवेश गर्ने हरेक सवारी साधनमा चेकजाँच गर्नुका साथै यात्रु र पैदल यात्रीलाई सचेतना सहित माक्स वितरण गरिएको छ । सुरुवाती चरणमा पाउँदी नाकामा सञ्चालन गरिएको यस अभियान अन्य नाकाहरुमा पनि छिट्टै सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मास्क लगाउन अटेरी गर्नेलाई संक्रमण ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले पसल–पसलमा गएर व्यापारी र सेवाग्राहीलाई मास्क लगाउन अनुरोध गरेको छ भने पैदल तथा सवारी साधनमा हिडडुल गर्नेलाई पनि माक्स अनिवार्य गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।