अन्नपुर्ण पदमार्गमा एक वर्षमा दुई हजार बढी पर्यटक

लमजुङ, ७ माघ/अन्नपुर्ण पदमार्गको मनाङमा एक वर्षमा २ हजार ३ सय ७३ विदेशी पर्यटकको आगमन भएको छ । कोरोनाका कारण २०२० मा १ हजार ९ सय ७६ जना पर्यटक पदमार्गमा आएपनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि सन् २०२१ मा भने यो सङख्या बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म एक वर्षको अवधीमा २ हजार ३ सय ७३ जना विदेशी पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तगत मनाङ घुम्न आएका छन् जुन गतवर्षको भन्दा ३ सय ९७ ले बढी हो ।

गुरुङका अनुसार २०२१ मा सबैभन्दा बढी ओक्टोबर महिनामा ८ सय ३८ जना पदमार्गमा घुम्न आएका छन् भने सबैभन्दा कम जुन र जुलाईमा दुई जनामात्र पदमार्गमा आएका छन् । पदमार्गमा जनवरीमा दुई जना ,फेब्रुअरीमा २५ जना ,मार्चमा १ सय ३७, अप्रिलमा ३ सय ६६, मेमा ४९ जना पर्यटक आएको एक्याप मनाङको धारापानी चेकपोष्टको तथ्याङकमा उल्लेख छ । यस्तै पदमार्गमा जुन र जुलाईमा भने १/१ जना र अगस्टमा ३ जना पर्यटक मनाङ भित्रीएका छन् । सेप्टेम्बर महिनामा ७६ जना ,नोभेम्बर महिनामा ७ सय २२ जना र डिसेम्बर महिनामा १ सय ५३ जना पर्यटक अन्नपूर्ण पदमार्गमा घुम्न आएका छन् । एक्यापका अनुसार सन् २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आएका थिए ।

सन् २०२० मा कोभीड महामारीका कारण १ हजार ९ सय ७६ जना विदेशी पर्यटक मात्र चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिए  । कोरोनाका कारण २०२० मार्च १४ देखिदेखि अक्टोबरसम्म पदमार्गमा पर्यटक आएका थिएनन् । लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

लमजुङको सदरमुकाम वेसीशहरवाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनहरूका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको ५ हजार ४ सय १६ मीटरको थोराङ भञ्ज्याङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ । पछिल्लो समय विदेशीमात्र नभई आन्तरिक पर्यटक पनि विभिन्न क्लव, तथा संघसंस्थामा आवद्ध भएर बिदा मिलाएर भएपनि अन्नपुर्ण पदमार्गमा आउने गरेका छन्। मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको हो । पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्याङकमा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।