साग बेचेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

खड्क सुनार/मुगु, मुगुका ग्रामीण भेगका केही स्थानीयलाई आफ्नो जीवन धान्न पनि हम्मेहम्मे हुने गरेको छ । विहान के खाउँ, बेलुका के खाउँ भन्ने चिन्ताले दिन प्रतिदिन पिरोल्ने गरेको छ । र पनि जसोतसो जीवन गुजारेका छन् ।

एक छाक टार्न दिनभरि परिश्रम गरे पनि अपुग हुने मजदुर नानीकला नेपाली गुनासो गर्छिन् । मजदुरलाई मात्र होइन बालबालिकालाई अध्ययनका लागि किताब, कलम र कापीको जोहो गर्न पनि उत्तिकै सकस छ ।

छायानाथ रारा नगरपालिका–५ को श्री नेपाल राष्ट्यि आधारभूत विद्यालयकी कक्षा ५ मा अध्ययनरत छात्रा सविता कार्की आफ्नो पढाई खर्च जुटाउन बिहान र बेलुका सदरमुकाम गमगढी बजार धाउने गरेकी छन् ।

घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाइ खर्च जुटाउन नसक्ने भएपछि उनी आफैले उत्पादन गरेको हरियो सागशब्जी सदरमुकाममा लगेर बेचेर अध्ययनका लागि आर्थिक जोहो गर्छिन् ।

‘म बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्ने गर्छु,’ सविताले भनिन्, ‘साग बेच्दा एक मुठाको ५ देखि १० रुपैयाँसम्म आउँछ । त्यसैले पढाइ खर्च धान्ने गरेको छु ।

उनका अनुसार एक डोकाबाट साग बेच्दा १०० देखि ५०० रुपैयाँसम्म कमाइ हुन्छ । सविताजस्तै आर्थिक अवस्था कमजोर भएका बालबालिका सदरमुकाममा साग बेचेर पढाइ खर्च जुटाउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।