स्वास्थ्यकर्मी संघ मुगुले प्रशासनलाई बुझायो १४ बुँदे ज्ञापनपत्र

खड्क सुनार/ मुगु, ८ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर महतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।

कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीको मनोबल उच्च र स्वास्थ्यकर्मीको हक हितका लागि सहज गर्न संघ मुगुले ज्ञापनपत्र मार्फत माग गरेको छ ।

संघले संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्नुपर्ने, करारमा नियुक्त भई काम गरिरहेका स्वास्थ्यकर्मीको म्याद थप गर्नुपर्ने माग राखेकाे राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मुगुका अध्यक्ष खडकबहादुर मल्लले बताए ।

महामारी र नियमित स्वास्थ्य उपचारका लागि अत्यावश्यक औषधि, उपकरणको अभाव र कालोबजारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, संघ प्रदेशबाट हुने कर्मचारी समायोजन, सरुवा, बढुवा, स्तरवृद्धि प्रक्रियालाई पारदर्शी बनाउन पनि संघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

कोभिड–१९ प्रतिकार्यमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीका मागलाई सरकारले गम्भीर रुपमा लिएर सम्बोधन गर्नुपर्ने संघका केन्द्रीय सदस्य ज्ञानसिंह बुढाले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।