२२ वर्षको उमेरमै गोरीकलाको सिन्दुर नै पुछियो

खड्क सुनार/मुगु, ९ माघ । हिउँद महिनाको समय फुस्स उडेको अनुहार, टाउको ओढेको हरियो रंगको पछ्यौरा, काखमा दुई दुधे बालक च्यापेर बसेकी छायाँनाथ रारा नगरपालिका–८ टोप्ला कि गोरीकलाको मन छियाछिया परेको छ ।

उनी उमेरले २२ वर्ष पुगिन् । तर, उनको जीवनमा परेको बज्रपातले गौरीकलालाई मात्र होइन जो सुकैलाई पनि स्तब्ध बनाउँछ । उनको यो कलकाउँदो उमेरमा उनको जीवनको साहरा खोसिएको छ । उनको पति टोपबहादुर विष्टले यो संसार छाडेपछि गौरीकला साहराविहीन बन्न पुगेकी छन् । जसले गर्दा उनको मन छियाछिया परेको छ ।

गत २६ असोज फुलपातीको दिनमा भएको बस दुर्घटनामा पति टोपबहादुरको मृ त्यु भयो । अध्ययनको लागि नेपालगञ्जमा रहेका उनी दसैँ मनाउन घर फर्केका थिए । सोही क्रममा छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँमा भएको बस दुर्घटनामा टोपबहादुरको मृ त्यु भएको थियो ।

पतिको मृ त्युपछि गोरीकलालाई दुई सन्तानको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी आइपरेको छ । घरमा दुई छोरासहित सासुको हेरचाहको जिम्मेवारी पनि गौरीकलाकै काँधमा छ । ससुराको मृ त्यु भइसकेको छ ।

ससुराको निधनपछि टोपबहादुरको सहारामा जीवनयापन गर्दै आइरहेका बिष्टका दम्पती बुबाको निधनको आँसु पुछ्न नपाउँदै टोपबहादुरको पनि मृ त्युले गौरीकलाको परिवारमा बज्रपात परेको हो ।

कक्षा १० सम्म अध्ययन गरेकी गोरीकलाकै सल्लाहमा श्रीमानसँगै उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज गएका थिए । टोपबहादुरले काम गर्दा जोहो गरिदिएको केही रकमले अहिले छाक टारेका उनीहरू अब के खाने, के गर्ने भन्ने चिन्तामा पिरोलिन थालेका छन् ।

टोपबहादुरले जम्मा गरेको रकम र बिमा गरेको बचतले गोरीकलाले छोरा र सासुको पालनपोषणमा खर्च गरेको बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖