नक्कली जोगीले फेरी लगाउने पेसा संकटमा

झापा, १० माघ /सदियौंदेखि चलिआएको परम्परा हो, जोेगीले जब कात्तिक र चैत लाग्छ, तब रातमा गाउँबस्ती बराँठको सिङ्ग (फेरी) बजाउँदै डुल्छन् । जोगीहरू रातभरि निन्द्राको कुनै प्रभाव नगरी गाउँबस्तीमा पुग्ने गर्छन् । किन होला ? खासै यस विषयमा हाम्रो समाजले ध्यान दिएको छैन । आफ्नो जिवीकोपार्जनको लागि गाउँबस्तीमा जोगीले फेरी लगाउँदै हिँड्छन् भन्ने आम बुझाइ छ । यस्तो मूल्य मान्यता किन स्थापित भयो होला त ?

अर्जुनधारा–३ स्थित खुदुनाबारीका कालीबहादुर जोगीका अनुसार जोगीले यसरी फेरी लगाउने परम्परा सदियौं पुरानो रहेको बताए । उनले भने, ‘तथ्यहरूमा आधारित कुनै लिखित प्रमाणिक इतिहास वा लेख हालसम्म भेटिएको छैन ।’ तर, राजा पुथ्वीनारायण शाहले यस्तो परम्परा स्थपित गरेको उनको दाबी छ ।’

जोगीले बराँठको सिंह किन फुक्छन् भन्ने प्रश्नमा कालीबहादुर भन्छन्, ‘हाम्रो समुदायले जङ्गली अवस्थाको जीवनयापन गथ्र्यो, जङ्गलका प्राकृतिक आहार बटुल्र्दै जङ्गली जनावर सिकार गरेर खाने प्रचलन रहिआएसँगै जोगी जातिका मानिसले त्यही जङ्गली जनावर ‘बराँठ’ को सिङ्ग फुक्न सिकेका हुन् । रातको समयमा फेरी लगाउँदै हिड्नु पर्ने हुँदा जोगी जातिले रुद्राक्षका दाना र प्वाँलोहरू मालाको रुपमा भिर्न सिकेको जनविश्वास रहिआएको छ ।’

त्यसबेला रानीलाई नागले डस्ने डरले छुट्टै चौकीदार राख्ने गरिएको थियो । राजा पुथ्वीनारायण शाहले ती चौकीदारहरूलाई तिमीहरू राज्य गछौं कि मागेर खान्छौं भन्दै प्रश्न गरेको उनको भनाइ छ । त्यसबेला चौकीदारहरू मागेर खाने सोच, विचारमा रहें । राजाले खुसी हुँदै बराँठको सिंह दिए । उसबेला डाँडामा फुक्दा एकमुष्ट गाँउभरिका धान, चामल, भेटी आँउने गथ्र्यो रे । डाँडामा बजाउँदा धेरै दान, भेटी पाएपछि झन् घर घरमा पुग्दा अझ दानभेटी वृद्धि हुने अपेक्षा लिएर हिँड्न थालेका कालीबहादुर बताउँछन् । चौकीदारहरू भने उत्साहित भएर रातमा गाउँ–गाउँमा फेरी लगाउँदै माग्न हिँडन थालेको हुनाले हामीलाई जोगी भनियो,’ कालीबहादुर भन्छन् ।

यसबारे थप्दै उनले भने, ‘हामी फेरी लगाउँदा चार सुरु चार किला केन्द्रित गछौं । यसो गर्दा भूतपे्रत हट्ने र सो घरमा ६ महिनासम्म रक्षा हुन्छ । बाहुन भैरव, वैशाख चण्डीपूजा दसैंको नवमी उद्यौली–उभौली पूजासहित ढिगल भौइलुङ्ग देवतालाई साँची राखेर बराठको सिङ्ग मुखमा लगाएर फुक्ने गरेको हो ।’

१७ फागुन २०२९ मो तेहथुम औयाकजुङ्ग–७ मा जन्मेका उनी १४ वर्षको उमेरदेखि निरन्तर फेरी फुकेर जीवन गुजारा चलाउँदै आएका छन् ।
‘वास्तवमा जोगी कात्तिक र चैतमा मात्र घुम्ने गछौं । तर, समाजमा सक्कली जोगीको आवरणमा नक्कली जोगीले हाम्रो परम्परा, संस्कृति, रीतिरिवाजलाई कमजोर बनाउन लागिपरेका छन्,’ उनले भने । आफू फेरी लगाउँदै दार्जिलिङ, खसाङ, सिक्किम, ताप्लेजुङ र भद्रपुरसम्म पुग्ने गरेको उनी बताउँछन् ।

रातमा जीवजन्तुको तपार्इंहरूलाई त्रास हँुदैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘बराठ सिंङ्ग देखेपछि रातमा जीवजन्तु भाग्ने र आक्रमणको त्रास लिनु पदैन, ढुक्क भएर हामी हिँड्डुल गर्छाैं ।’

२० वर्षीय छोराले आफ्नो पेसामा सहयोग गर्ने गरेको बताएका कालीबहादुर भन्छन्, ‘अहिले हाम्रो समाजमा मान्छेको मन पवित्र र धार्मिक छैन । दान दक्षिणा सबैले इच्छाएर गर्नुहुन्छ, मलाई कान्छा छोरा मीनकुमार २० वर्षको भयो, मैले गरेको पेसामा सहयोग गर्छ । बुढेसकालमा अशक्त भएपछि छोराहरूलाई बराँठको सिंह बाबुको अशंको रुपमा दिने प्रचलन छ, कान्छा छोराले सिक्दै छ ।’

दुई महिनामा फेरि लगाउँदा ५० देखि ६० हजार दान आउने बताएका उनले यसले घरखर्चलाई धानेको बताए । राज्यको मानवसंसाधन यन्त्रमा निकै दूर्लभ मानिएका जोगी समुदाय साविक खुदुनाबारी पूर्व गाविस क्षेत्रमा डम्बर जोगी, धनबहादुर जोगी, ओमनाथ जोगी, कालीबहादुर जोगीमात्र बसोबास रहि आएको उनले बताए । उनीहरूले पनि पुर्खाहरूले गरेको पेसालाई निरन्तरता दिएका छन् ।

जोगी खस जातीमध्येको एक जाति हो । उनीहरूको तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख हालसम्म भेटिएको छैन । पुराना वुढापाकाहरूका अनुसार जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन, ‘केही पछिको थलो चाहिँ नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।